कुहियो लाखौंको आलु
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार १३:११:३७
२१ असोज, काठमाडौं । असोज १० र ११ गते लगातार परेको पानीका कारण देशका अधिकांश राजमार्गहरु पहिरोका कारण अवरोध भएसँगै माल बहाक सवारीहरू पनि हप्ता दिन सडकमै बस्न पर्ने अवस्था आयो, जसका कारण छिमेकी देश भारतबाट ल्याइएका तरकारी विशेष गरि अधिकांश आलु बाटो मै कुहियो र केही सद्दे रहेका आलु व्यापारीहरूले सुकाउन थालेका छन् ।
लाखौंको घाटा लागेको छ, कुहिएको लाई फ्याक्ने र सद्दे आलुलाई सुकाउने काम अहिले कालिमाटी फलफूल तथा तरकारी बजारमा भई रहेको छ । त्यहाँका अधिकांश व्यापारीहरूले लाखौंको आलु फ्याक्न परेको तर सरकारीले केही राहत नदिएको गुनासो गरिरहेका छन् ।
भारतको गुजरात, पंजाब लगायतका स्थानबाट नेपालमा आलु आयात हुने र सो आलु १ बोरा किन्दा प्रति केजी ५७, ५८ रुपैँया पने भएता पनि अहिले बाटोका कारण धेरै आलु कुहिएको र घाटा सन्तुलन गर्नका लागि केहि महँगो भएको व्यापारी सन्तोष ओस्तीले बताए । उती आफ्नै ३ लाख रुपैंया क्षती भएको र साथीहरूले त गाडीका गाडी फ्याँक्नु परेको उनले सुनाए । तस्बिर : नेपाल फोटो लाइब्रेरी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?
पुष ८, २०८१ सोमबार
एनपीएलको फाइनल खेल हेर्न किर्तिपुरमा नेतादेखि दर्शकसम्मको अपार भीड
पुष ६, २०८१ शनिबार
कालिमाटी तरकारी बजारमा सुन्तला किन्ने उपभोक्ताको भीड [ फोटो फिचर ]
पुष २, २०८१ मंगलबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार