प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाको सहयोग
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार १४:१४:५९
२१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि स्वदेशी र विदेशी जलविद्युत कम्पनी र वित्तीय संस्थाहरूले आज सहयोग रकम हस्तान्तरण गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा छिमेकी भारतको सबैभन्दा ठुलो जलविद्युत कम्पनी राष्ट्रिय हाइड्रोपावर कर्पोरेसन 'एनएचपिसी' लिमिटेडका वित्त निर्देशक आरपी गोयलबाट रु १ करोड, अरुण तेस्रो जलविद्युत आयोजना लिमिटेडका प्रमुख कार्यकारी निर्देशक प्रशान्त शर्माबाट रु १ करोड, प्रभु बैंकका अध्यक्ष देवीप्रसाद भट्टचनबाट रु १ करोड र प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठबाट रु ३१ लाखको चेक हस्तान्तरण भएको छ ।
यसैगरी प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लबाट रु २५ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अध्यक्ष शिक्षा भट्टचनबाट रु २५ लाख र प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माबाट रु २५ लाखको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ ।
प्रधानमन्त्री ओलीले हालैको बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहतका लागि कोषमा सहयोग गरेकामा सबैमा धन्यवाद दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार
काभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सेतो गुम्बा र आसपासको दृश्य
पुष १२, २०८१ शुक्रबार
विचाराधीन विधेयकः छोटो बाटो खोजेर समयसीमाभित्र सहमति जुटाउन कार्यदलले थाल्यो छलफल
पुष १२, २०८१ शुक्रबार
साइपाल हिमालबाट बग्ने सेतीनदीको मुहान
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
पुष १२, २०८१ शुक्रबार