बाढीपहिरो प्रभावितहरुको खोजी, उद्धार तथा राहत वितरणमा तीनवटै सुरक्षा निकाय सक्रिय छनः गृहमन्त्री
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार १५:११:५८
२१ असोज, काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढीपहिरोबाट प्रभावितहरुको खोजी, उद्धार तथा राहत वितरण कार्यमा तनिवटै सुरक्षा निकाय सक्रिय रुपमा लागेको बताएका छन् । उनले उद्धार, राहत वितरण, पुनःस्थापना र पुनर्निर्माणको सम्पूर्ण काम सरकारले गरिरहेको बताएका छन् ।
सोमबार, बाढीपहिरोबाट प्रभावित काभ्रेको पनौती नगरपालिका–१२ स्थित कलाँती र बेथानचोक गाउँपालिकाको–४ स्थित चलालगणेशस्थानको स्थलगत अनुगमन गर्दै गृहमन्त्री लेखकले बाढीपहिरो प्रभावितको खोजी उद्धार, राहत विरण, पुनःस्थापना र पुनर्निर्माणको सम्पूर्ण काम सरकारले गर्ने बताए ।
उनले भने, ‘प्राकृति विपत्तिले भएको क्षतिमा सरकार पीडामा छ, पीडाको बेलामा सरकारले गम्भीरतापूर्वक काम गर्नेछ, यहाँ तत्काल राहत वितरण, पूर्वाधार विकास, नागरिकका आधारभूत आवश्यकता, यस विपत्तिका कारण निम्तिन सक्ने महामारीजन्य रोगहरुको नियन्त्रणका लागि काम गर्न आवश्यक देखिएको छ ।’ सरकारले पहिलो चरणमा राहत वितरणलाई प्राथमिकतामा राखेर काम उनले बताए ।
स्थलगत अनुगमनमा बाढीपहिरोमा परेर धेरै घरबारबिहीन भएको अवस्था आफूले देखेको बताउँदै उनले भने, ‘बासस्थान नभएका ५ जनासम्मको परिवारलाई १५ हजार, ५ जनाभन्दामाथिका परिवार भएकालाई २० हजार रुपैयाँ सरकारले तत्कालै वितरण गर्नेछ, यसको लागि स्थानीय तहका जनप्रतिनिधिले लाभग्राहीको विवरण संकलन गरेर सरकारलाई पठाउनुपर्नेछ, यहाँ प्राप्त विवरणको आधारमा सरकारले ३ दिनभित्र रकम व्यवस्थापन गर्नेछ ।’
सडक सञ्चार, बिजुली, दूरसञ्चार, खानेपानी व्यवस्थापन लगायतका नागरिकको आधारभूत आवश्यकताको व्यवस्थापनमा सरकारले काम गर्ने उनले बताए । उनका अनुसार यससँगै स्वास्थ्य सेवा व्यवस्थापन र विपत्तिका कारण निम्तिन सक्ने महामारीजन्य रोगहरुको नियन्त्रणका लागि काम गर्ने सरकारले योजना बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प
मंसिर २६, २०८१ बुधबार
बाढीपहिरोले पुर्याएको क्षति भरणका लागि बजेट संशोधनतिर लागे काभ्रेका स्थानीय तह
मंसिर १६, २०८१ आइतबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
एनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार