मधेसमा चाडपर्व लक्षित सुरक्षा योजनामा ६ हजारभन्दा बढी प्रहरी परिचालन गरिने
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार १५:४४:११
२० असोज, महोत्तरी । चाडपर्वलाई सुरक्षित बनाउनका लागि मधेसमा पर्व लक्षित सुरक्षा योजनामा छ हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिने भएको छ ।
दशैं दीपावली 'तिहार' र छठ पर्वसम्मको सुरक्षा योजना बनाएको नेपाल प्रहरीको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले यस अवधिमा छ हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन हुने जनाएको हो ।
चाडपर्वमा भीडभाड बढ्ने र मान्छेको व्यस्तताबीच चोरीतस्करी, सडकमा हुने सवारीको चाप, मठमन्दिरमा हुने भीड, कालोबजारी, जुवातास, पकेटमारी र मूर्ति विसर्जनलगायत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको मधेस प्रहरी कार्यालयका प्रमुख तथा नायब प्रहरी महानिरीक्षक लीलामणि आचार्यको भनाइ छ ।
यसैगरी, सुरक्षा योजनामा मेला उत्सव, सरकारी कार्यालय, बैंकहरुका हुने भीड, यातायात सुरक्षा, लागुपदार्थ दुर्व्यसन तथा ओसारपसार तथा सांस्कृतिक कार्यक्रममा हुनसक्ने झडपसहितका क्षेत्र मधेस प्रहरीले चुनौतीका रुपमा पहिचान गरिएको छ ।
मधेस प्रहरी कार्यालयले चाडपर्व लक्षित गर्दै बनाएको योजना यही असोज १५ गतेदेखि सुरु भइसकेको छ । यो योजना छठ पर्वपछि कात्तिक २५ गतेसम्म रहने नायब प्रहरी महानिरीक्षक आचार्यले स्पष्ट पारे ।
प्रदेशका आठवटै जिल्लामा पहिले कार्यरत जनशक्तिमा प्रतिजिल्ला एक हजार चार सय प्रहरी थपिएका मधेस प्रहरी कार्यालयले जनाएको छ । यसरी खटिने प्रहरीको सङ्ख्या छ हजार तीन सय ९४ हुने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार