प्रधानमन्त्री मोदी र माल्दिभ्सका राष्ट्रपति मुइज्जुबीच भेटवार्ता
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार १६:५०:३०
२१ असोज, काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदी र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुबीच भेटवार्ता भएको छ । भारत भ्रमणमा आएका मुइज्जुले सोमबार प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका हुन् ।
यस क्रममा मोदी र मुइज्जुले भिडियो लिङ्क मार्फत मालदिभ्सको हनीमाधु अन्तर्राष्ट्रिय विमानस्थलको हवाई पट्टीको उद्घाटन पनि गरेका थिए ।
भेटवार्तापछि जारी गरिएको संयुक्त वक्तव्यमा भनिएको छ, "दुई देशबीचको सम्बन्ध शताब्दीयौं पुरानो छ र भारत माल्दिभ्सको सबैभन्दा नजिकको छिमेकी र नजिकको मित्र हो। हाम्रो छिमेकी पहिलो नीति र सागर भिजनमा माल्दिभ्सको महत्त्वपूर्ण स्थान छ। भारतले सधैं माल्दिभ्सको लागि पहिलो प्रतिक्रियाकर्ताको भूमिका खेलेको छ। माल्दिभ्सका जनताको आवश्यकता पूरा गर्ने होस्, प्राकृतिक प्रकोपको बेला पिउने पानी उपलब्ध गराउनु होस्, कोभिडको समयमा खोप उपलब्ध गराउनु होस्, भारतले सधैं छिमेकी भएको नाताले आफ्नो जिम्मेवारी पूरा गरेको छ ।”
यस क्रममा मोदीले विकास साझेदारी हाम्रो सम्बन्धको महत्वपूर्ण स्तम्भ भएको बताए । उनले भारतले सधैं माल्दिभ्सका जनताको प्राथमिकतालाई प्राथमिकता दिएको पनि बताए ।
यो वर्ष एसबीआईले माल्दिभ्सको १० करोड अमेरिकी डलर ट्रेजरी बिलहरू रोल गरेको छ । आज माल्दिभ्सको आवश्यकता अनुसार ४० करोड डलर ३ हजार करोड रुपैयाँको मुद्रा आदानप्रदान सम्झौता पनि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
तातोपानी कुण्डमा नुहाउनेको भीड
पुष १, २०८१ सोमबार
ढोलठानमा आन्तरिक पर्यटक
पुष १, २०८१ सोमबार
हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
दुर्गम पलाँतामा टेलिकमको टावर सञ्चालन
पुष १, २०८१ सोमबार
पूर्वमेयर सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली
पुष १, २०८१ सोमबार