धरानका मेयर साम्पाङको माग, व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणका लागि पुग्दो बजेट दिनुपर्यो
नेपालबहस संवाददाता
असोज २२, २०८१ मंगलबार १०:३५:३८
२२ असोज, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले फोहोरमैला व्यवस्थापन लागि आवश्यक बजेट दिन माग गरेका छन् । उनले संघीय सरकारसँग सो बजेटको माग गर्दै पत्र लेखेका छन् । फोहोर मैला व्यवस्थापनका लागि राम्रो सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणका लागि पुग्दो बजेट माग गर्दै उनले खानेपानी मन्त्रालयलाई पत्र लेखेका छन् ।
धरानको फोहोरमैला व्यवस्थापनका लागि व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट बनाउन अत्यावश्यक भएकोले योजनाको लागि पुग्दो पैसा हाल्दिनु पर्याे । मेयर सम्पाङले धरानको फोहोर जंगलमा फ्याँक्नुपर्ने बाध्यता भएको जनाउदै फोहोर बिसर्जन व्यवस्थित भएन भनेर फोटो खिच्ने र राजनीति गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको र मेयरले काम नगरेको देखिन बताएका छन् ।
अर्थ र वन मन्त्रालयलाई बोधार्थ दिइएको पत्रमा उनले फोहोर बिसर्जन गर्ने ल्याण्डफिल्ड साइट बनाउन सुरु गर्नुअघिको प्रक्रिया लामो भएको भन्दै असन्तुष्टि जनाएका छन् । ‘अध्ययन गर्ने भन्छन् । कति लामो अध्ययन हो ? कति वर्षे कोर्ष हो ?’ मेयर राईले पत्रमा लेखेका छन्, ‘जनतालाई देशलाई सेवा, सुविधा तत्काल चाहिएको छ । हाम्रो सरकार र कानुनलाई प्रक्रिया माथि प्रक्रिया अध्ययनै अध्ययन मात्रै चाहिएको छ ।’
वर्षाको बेला त्यो फोहोर बगेर तल्लो भेगमा पुग्ने गरेको छ । सुक्खायाममा फोहोर जलाउँदा जंगलमा डढेलो लाग्ने गर्दछ । तार घेरा लगाउन खोज्दा वन कार्यालयका कर्मचारीहरु आएर भत्काइदिने गरेको गुनासो पनि उनको छ । यो विषयमा पत्र पठाएको पनि धेरै भइसकेको मेयर राईले पत्रमा उल्लेख गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार