कान्ति लोकपथसँगै आजदेखि काठमाडौंबाट हेटौंडा जाने सबै सडक खुले, ठूला सवारीलाई अनुमति छैन
नेपालबहस संवाददाता
असोज २२, २०८१ मंगलबार ११:३:४८
२२ असोज, हेटौंडा । मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्ति लोकपथ सञ्चालनमा ल्याइएको छ । यससँगै हेटौंडा र काठमाडौंलाई जोड्ने आधा दर्जन मार्ग सबै सन्चालनमा आएका छन् । मंगलबार बिहानबाट हेटौंडा–ठिंगन हुँदै टीकाभैरव जोड्ने कान्ति लोकपथ पूर्णरुपमा सञ्चालनमा आएसँगै वर्षाले अवरुद्ध भएको सम्पूर्ण सडक १० दिनभित्रमा सञ्चालनमा आएका हुन् ।
१२ असोजको बाढीले बागमती पुलको आधा भाग बगाएको थियो । ललितपुर तर्फको सडक यसअघि नै सुचारू भए पनि बागमती खोलामा पुल बगाएकाले कान्ति लोकपथ अवरुद्ध थियो । द्रुत मार्ग निर्माण गरिरहेको नेपाली सेनाको सहयोग लिएर मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको बागमती गाउँपालिकाले बगुवामा ४ वटा ह्युमपाइप हालेर अस्थायी सडक बनाएका छन् ।
भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले मंगलबार बिहानबाट हलुका सवारी चल्न थालेको जानकारी दिए । बागमती गाउँपालिकाका स्थानीय प्रकाश लामाका अनुसार त्यहाँनेर सडक साँघुरो र एकतर्फी भएकाले हलुका सवारी मात्रै सञ्चालन गरिएको छ ।
सोमबारदेखि बाढीपहिरोका कारण नौ दिनदेखि अवरुद्ध हेटौंडा—भीमफेदी—कुलेखानी—फाखेल—फर्पिङ र हेटौंडा—भीमफेदी—कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक सञ्चालनमा आएका थिए । वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी–प्रशासन र स्थानीय एवं जनप्रतिनिधिको सक्रियतामा मर्मत सम्भार गरेर यी सडक सञ्चालनमा ल्याइएको हो ।
हेटौंडाबाट–भैंसे–टिष्टुङ हुँदै त्रिभुवन राजपथको नौबिसे सडक खण्ड बन्द भएको तेस्रो दिनबाट सञ्चालनमा आएको थियो । संघीय राजधानीसँगको पहुँच मार्ग अवरुद्ध हुँदा हेटौंडा–टिष्टुङ–चित्लाङ हुँदै चन्द्रागिरिको लामो र अप्ठ्यारो बाटो हुँदै हेटौंडा–काठमाडौं आउजाउ गरिँदै आएको थियो ।
हाललाई जिल्ला विपद् व्यवस्थापन समितिले फाखेल, सिस्नेरी र कान्ति लोकपथको बाटोमा साना सवारीलाई मात्र आउजाउ गर्न दिएको छ । बुधबारबाट कान्ति लोकपथको बाटो ठूला सवारी सञ्चालन गर्न दिने तयारीमा आफूहरू रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
उनका अनुसार ठूला सवारीलाई हाल नारायणघाट–मुग्लिन र हेटौंडा–टिष्टुङ–नौबिसे सडक खण्डको प्रयोग गर्न भनिएको छ । उनका अनुसार भर्खरै मात्र बाढीपहिरोले अवरुद्ध भएको सडक मर्मत गरी सञ्चालनमा ल्याइएको कारण तत्काललाई ठूला सवारी आउजाउलाई अनुमति नदिइएको हो । फाखेल, सिस्नेरी र कान्ति लोकपथ भएर सोमबारमात्र १३ सयभन्दा बढी सवारी साधन हेटौंडा आउजाउ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द
पुष ३, २०८१ बुधबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार