एनआरएनएद्वारा काभ्रेका बाढी तथा पहिरो प्रभावित ४०१ परिवारलाई राहत वितरण
नेपालबहस संवाददाता
असोज २२, २०८१ मंगलबार १२:३१:२५
२२ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ 'एनआरएनए' ले काभ्रेको पनौतीका बाढी, डुबान तथा पहिरोबाट प्रभावित ४ सय १ परिवारका लागि राहत वितरण गरेको छ । बाढी तथा डुबानका कारण प्रभावितहरुलाई गैरआवासीय संघ केन्द्रको आहवान तथा राष्ट्रीय परिषद यूकेको आर्थिक सहयोगमा खाद्य सामाग्री, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्स, लगायतका सामाग्रीहरु वितरण गरिएको हो । स्थानीय तहसँग समन्वय पश्चात वडा नम्बर १ का १२३ परिवार २ का ५३ परिवार ३ का २५ परिवार र १२ मा २०० परिवार लाई राहत वितरण गरिएको हो ।
यसअघि संघले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको थियो । जसअनुसार एनसीसी यूकेले रू १५ लाख सहयोग गरेको थियो । यसअघि हिजो दक्षिणकाली, सिस्नेरीमा राहत वितरण गरिएको थियो । यस्तै बुधबार ललितपूर ठोस्नेखोलामा राहत वितरण गर्ने तयारी पूरा भएको छ । संघले तराईका विभिन्न जिल्लामा पनि राहत वितरणका लागि स्तानीय तहसँग समन्वय गरिरहेको छ । यस्तै प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा समेत संघले आर्थिक सहयोग गर्ने निर्णय भइसकेको छ ।
अध्यक्ष डा बद्री केसीको नेतृत्वमा संघको तर्फबाट गएको टोली उपाध्यक्ष रामशरण सिम्खडा, उपाध्यक्ष रोजिना प्रधान राई, युवा संयोजक सुपेन्द्र घिसिङ, अमेरिकाजका महिला डिआरसी इन्दिरा त्रिपाठी, मनार्थ सदस्य यदुराज पन्थी, आइसीसी सदस्यहरु हेमन्त काफ्ले, राजकुमार थापा, सल्लाहकार गोबिन्द गौतम, एनआरएन अभियन्ता समिरा केसी, स्वयम्भूराज डंगोल, प्रदीप खनाल संघका सूचना तथा वैदेशिक रोजगार अधिकृत इन्द्र लक्ष्मी घिमिरे अधिकृत रुपक लामिछाने जुनियर अधिकृत निरोज महर्जन लगायत थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार
काभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
पुष १२, २०८१ शुक्रबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
आज अपरान्हदेखि देशको मौसममा बदली हुने, चिसोबाट जोगिन प्राधिकरणको अनुरोध
पुष १२, २०८१ शुक्रबार
एसइईको परीक्षा आवेदन फाराम खुला
पुष १२, २०८१ शुक्रबार
सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका
पुष १२, २०८१ शुक्रबार
नवलपुरको नमूना सदरमुकाम निर्माण गर्न रुख कटानको अनुमति
पुष १२, २०८१ शुक्रबार