अलौमा मेयर सिंहमाथि हातपातः डुबान समस्याका कारण स्थानीयको आक्रोश
नेपालबहस संवाददाता
असोज २२, २०८१ मंगलबार १२:५६:३८
२२ असोज, वीरगञ्ज । वीरगञ्जतिर सोमबार सामाजिक सञ्जालमा एउटा भिडियो क्लिपले चर्चा पायो । उक्त १३ सेकेन्डको भिडियोमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहमाथि हातपात भएको देख्न सकिन्छ ।
रोशन गुप्ता नामक फेसबुक आईडीको स्टोरीमा राखिएको भिडियोको स्क्रिन रेकर्ड गरेर ई. रमेश यादवको आईडीबाट भिडियो सार्वजनिक भएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) पर्साका अध्यक्षसमेत रहेका यादवको आईडीबाट सार्वजनिक भिडियोलाई यो समाचार तयार पार्दासम्म १३ हजार भन्दा धेरै पटक हेरिएको छ ।
महानगर प्रमुखमाथि आक्रमणको कारण
वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौमा केही दिन अघि परेको अबिरल वर्षाका कारण डुबान परेको थियो । उक्त डुबानका कारण अहिलेसम्म पदमरोडदेखि दक्षिण अलौ र पदम रोडदेखि उत्तर अठराह सुगौलीका जनताको जनजीवन कष्टकर बनेको छ ।
केही समय अघिसम्म दुबैतिर नहर थियो, जसका कारण पानीको सहज रुपमा निकास हुँदा डुबानको असर पर्दैनथ्यो । तर एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) बनाउने बेला उक्त नहर पुरिएपछि वर्षातको समयमा सो क्षेत्रका जनताले सास्ती खेप्नुपर्छ ।
गत असोज ११ र १२ गते आएको अविरल वर्षाले पनि अठराह सुगौली र अलौमा असर गरेको छ । सोही पानीको निकासका लागि अठराह सुगौलीका गाउँलेले पानीको निकास गरि पाउँ भन्दै महानगरपालिकामा निवेदन दिएका थिए ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले भने वडा नम्बर १७ र २६ दुवै वडाका जनप्रतिनिधिलाई नै सो समस्या सुल्झाउने जिम्मा दिए । सोही बमोजिम वडाअध्यक्षहरूले समस्या समाधानका लागि छलफल गरेपनि तत्कालै सम्भव नदेखिएको वीरगञ्ज १७ का वडाअध्यक्ष सञ्जीव बहादुर क्षेत्रीले बताए । उनका अनुसार वडा नम्बर १७ कै वडा सदस्य आमोद यादवले भने जमेको पानी अलौतिर फर्काएका थिए ।
त्यसपछि उक्त पानीले घरखेतमा र बालीनालीमा असर गरेको भन्दै वडाअध्यक्ष क्षेत्रीले पुनः पहिलेकै ठाउँमा पानीको बहाव परिवर्तन गरे । जसका कारण उक्त क्षेत्रमा विवाद उत्पन्न भएको थियो ।
सोही अवस्थाको अनुगमन गर्ने र समस्या समाधानका लागि सरसल्लाह गर्ने मनसायका साथ सोमबार बिहान महानगर प्रमुख सिंह अलौ पुगेका थिए । अलौ पुगेर समस्या समाधानका लागि सरसल्लाह गर्ने क्रममा विवाद भएको प्रत्यक्षदर्शीले बताए ।
स्थानीय नेपाली कांग्रेसका युवा नेता समेत रहेका सुदर्शन लामिछाने लगायतले मेयर सिंहलाई धकेल्दै लगेको भिडियोमा देखिन्छ । यद्यपि त्यसअघि मेयर सिंहले आफ्नो बुबाप्रति अपशब्द बोल्दै कठालो समात्दै हातपात गर्ने प्रयास गरेको सुदर्शनका भाई रोशन लामिछानेको आरोप छ ।
यता महानगर प्रमुख भने आफू सभ्य रुपमा पेश हुँदा पनि नगर प्रहरीमाथि र आफ्नो कुर्ताको टाँक (बटन) चुँडाइदिएको प्रतिक्रिया दिए । सुदर्शन लामिछाने नेपाली कांग्रेसका बुथ सभापतिका छोरा हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार