सरकारको दावीः सडक विभाग र सेना खटिएको छ, एक हप्ताभित्र बीपी राजमार्गमा सवारी चल्छ
नेपालबहस संवाददाता
असोज २२, २०८१ मंगलबार १३:१९:३
२२ असोज, काठमाडौं । सरकारले एक हप्ताभित्रमा बीपी राजमार्गमा सवारी साधन चलाउने दावी गरेको छ । बाढीपहिरोले अवरुद्ध विपी राजमार्ग एक हप्ताभित्र अस्थायी रूपमा संचालनमा आउने जानकारी गृहमन्त्री रमेश लेखकले दिएका हुन् । उनीसहित अन्य दुई मन्त्री सेनाको हेलिकोप्टर चढेर मंगलबार बिहान सिन्धुली पुगेका थिए ।
बाढीपहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा सिन्धुलीको खुर्कोट पुगेका मन्त्री लेखकले सडक विभाग र सेनाले राजमार्ग खुलाउने कार्य गरिरहेको जानकारी दिए । लेखकले अबको एक साताभित्र डाइभर्जनसहित विपद्का कारण अवरुद्ध बीपी राजमार्गमा सवारी चलाउने व्यवस्था गरिने बताए ।
सिन्धुलीको प्रभावित क्षेत्रको निरीक्षणपछि आयोजित कार्यक्रममा लेखकले भारी वर्षाका कारण आएको विपद्बाट सबैभन्दा बढी क्षति भएको वीपी राजमार्ग अस्थायी रुपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेना खटिएको जानकारी दिए ।
विपद् प्रभावितलाई राहत उपलब्ध गराउन सरकार लागिपरेको पनि मन्त्री लेखकले बताए । जतिसक्दो चाँडो यो समस्याबाट पार पाउन सबै एकजुट हुनुपर्नेमा पनि उनको जोड थियो । ’यो समस्यामा कहाँ जाउला ? के गरुँला ? यो नसोच्नुहोला,’ लेखकले प्रभावितहरूलाई भने, ’सरकार छ, सरकार भनेको सबैको अभिभावक पनि हो ।’
विपद् प्रभावितहरूलाई राहत दिनमा कुनै राजनीति नहुने पनि लेखकले बताए । पालिकाहरुलाई तत्काल लाभग्राही विवरण पठाउन उनले आग्रह गरे । लाभग्राहीको विवरण आएको तीन दिनभित्र तत्काल राहतका लागि रु १५ देखि २० हजार र अस्थायी आवास निर्माणमा पहिलो किस्ता स्वरूप २५ हजार दिन्छौं । त्यसका लागि प्रभावित जिल्लाका पालिकाहरूले चाँडो लाभग्राही विवरण पठाइदिनुपर्याे, उनले भने ।
सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरको केही क्षेत्रमा गृहमन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देलसहितको टोली बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
पोखरेबगर–चित्रे सडक मर्मत नहुँदा पर्यटकलाई सास्ती
मंसिर ६, २०८१ बिहिबार
वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार