दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस्, वेष्ट बैंक नेपालसहित पाँच उपाधि जित्यो लुम्बिनी विकास बैंकले
नेपालबहस संवाददाता
असोज २२, २०८१ मंगलबार १३:५७:५६
२२ असोज, काठमाडौं । इण्डियन चेम्वर अफ कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधा मध्ये लुम्बिनी विकास बैंकले पाँच विधामा सहभागिता जनाई पाँचैवटै विधामा उपाधि जित्न सफल भएको छ ।
इण्डियन चेम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजना गरेको बैंकिङ कन्क्लेभ २०२४ मा लुम्बिनी विकास बैंकले बेष्ट बैंक, बेष्ट पर्फमेन्स अन रिस्क मेनेजमेन्ट नेपाल, बेष्ट पर्फमेन्स अन असेष्ट मेनेजमेन्ट नेपालमा विजेता एवंम् बेष्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी नेपाल र बेष्ट पर्फमेन्स अन ग्रोथ नेपालमा उपविजेताको उपाधि जित्न सफल भएको छ ।
अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमार लगायत देशका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए । इण्डियन चेम्बर अफ कर्मसले गतवर्षदेखि नै यो अवार्ड वितरण गर्न शुरु गरेको हो । अवार्डका लागि इण्डियन चेम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न सूचक निर्धारण गरेको थियो । स्थापनाकालदेखि नै इथिकल बैंकिङ, आर्थिक सुशासनलाई आत्मसात गर्दै र पारदर्शीता बैंकिङ सेवा उपलव्ध गराउँदै अघि बढेकोले अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका अवार्डहरु जित्न सफल भएको र यसबाट बैंकको गरिमा र प्रतिष्ठा थप माथि पुगेको छ ।
अन्तर्राष्ट्रिय अवार्ड पाउनुमा बैंकका संचालक, कर्मचारी, ग्राहक र नियमनकारी निकाय लगायत सबैको योगदान र सहयोग रहेको छ । ३.५ अर्व चुक्ता पूँजी भएको राष्ट्रिय स्तरको विकास बैंकका सातै प्रदेशमा ८९ वटा शाखा, १ वटा एक्टेन्सन काउन्टर र २० वटा एटिएम संचालनमा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार