मंगलबार २७ अंकले घटेर २६६३ विन्दुमा रोकियो नेप्से, ३५ कम्पनीको मूल्य बढ्दा २०७ वटाको घट्यो
नेपालबहस संवाददाता
असोज २२, २०८१ मंगलबार १५:५७:५८
२२ असोज, काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार २७.३९ अंकले घटेर बन्द भएको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १.०१ प्रतिशतले घटेर २६६३.३२ विन्दुमा बन्द भएको हो ।
आज ३०० कम्पनीका एक करोड ३ लाख ३० हजार ५०२ कित्ता शेयर ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार २४४ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज मिड सोलु हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने इस्टर्न हाइड्रोको शेयरमा ८.५० प्रतिशतले घटेको छ ।
त्यसैगरी आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी २७ करोड १७ लाख ६१ हजारको शेयर कारोबार भएको छ । त्यस्तै आज लक्ष्मी सनराइज प्रमोटर शेयर ४ लाख कित्ता कारोबार भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फन्ड समूहको परिसूचक स्थिर छ । बाँकी सबै समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.७६ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
३५ कम्पनीको शेयर मूल्य बढेको छ । २०७ कम्पनीको शेयर मूल्य घटेको छ । डेल्टी पावर कम्पनी र आशा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य स्थिर छ ।
मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यो कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९४ रुपैयाँ ३० पैसा बढेर एक हजार ३७ रुपैयाँ ३० पैसा कायम भएको छ । इस्टर्न हाइड्रोपावरको मूल्य ८.५० प्रतिशतले घटेको छ । यो कम्पनीको शेयर मूल्य प्रतिकित्ता ८२१ रुपैयाँ कायम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाढे ४ अंकले बढेर २५८६ विन्दुमा बन्द भयो नेप्से, ४ अर्ब ६० करोडका शेयर किनबेच भए
पुष १८, २०८१ बिहिबार
मंगलबार ३६ अंकले घटेर २५७३ विन्दुमा झर्यो नेप्से, २२३ कम्पनीका लगानीकर्ताले गुमाए
पुष १६, २०८१ मंगलबार
आइतबार दोहोरो अंकले घटेर २६०९ विन्दुमा रोकियो नेप्से, १५ करोडले बढ्यो कारोबार
पुष १४, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार