प्रधानसेनापतिबाट फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण
नेपालबहस संवाददाता
असोज २२, २०८१ मंगलबार २०:१९:४१
२२ असोज, काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैँ २०८१ को पावन अवसरमा नेपाली सेनाद्वारा आश्विन २४ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाई समारोहको प्रधानसेनापति अशोक राज सिग्देलले मंगलबार अन्तिम निरीक्षण गरेका छन् ।
निरीक्षण पश्चात् प्रधान सेनापतिले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान र इन्जिनियर तालिम शिक्षालयलाई युनिट झण्डा हस्तान्तरण गरेका छन् । सोही अवसरमा उनले विशेष फौज बाहिनी अन्तर्गत यस वर्ष सञ्चालित युद्धकार्य तथा पेसागत प्रतियोगिताको नेभिगेसन र वेस्ट स्नाइपर दुवै विधामा प्रथम हुने महावीर शौर्य गण 'रेन्जर' लाई पुरस्कार वितरण गरेका छन् ।
त्यसै गरी, महाशिवरात्रि तथा नेपाली सेना दिवस समारोह २०८० को उपलक्ष्यमा नेपाली सेनाले लोपोन्मुख थाली नाच वृहत् रूपमा प्रदर्शन गरी विश्व कीर्तिमान कायम गरे बापत वर्ल्ड बुक अफ रेकर्ड्सको तर्फबाट नेपाली सेनालाई ओरिजिनल सर्टिफिकेट हस्तान्तरण गरिएको थियो भने प्रधानसेनापतिले वर्ल्ड बुक अफ रेकर्ड्सका नेपालस्थित निर्णायकहरूलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।
कार्यक्रमका दौरान प्रधान सेनापतिले विकट भौगोलिक अवस्था, जटिल मौसमी विविधता र चुनौतीपूर्ण वातावरणमा रही प्रकृति संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी पदक प्राप्त गर्ने सकलदर्जालाई प्रकृति संरक्षण पदकबाट सुशोभित गरे ।
यस वर्ष १ हजार ५ सय १३ जना सकलदर्जाले उक्त पदक प्राप्त गरेका छन् । यस्तै, प्रधान सेनापतिले नेपाली सेनामा कार्यरत रही विशिष्ट योगदान पुर्याई मानार्थ उप सेनानी दर्जामा पदोन्नति भएका पदिकहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । ४२ जना पदिकहरु मानार्थ उप सेनानी दर्जामा पदोन्नति भएका छन् ।
फूलपाती बढाई समारोह २०८१ को अन्तिम निरीक्षण कार्यक्रममा रथीवृन्द लगायत सकलदर्जा, परिवारजन र सर्वसाधारणको उपस्थिति थियो । यससँगै फूलपाती बढाई समारोह २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
मंसिर ३०, २०८१ आइतबार
प्रधानसेनापति सिग्देलले गरे भारतीय अधिकृत क्याडेटको कवाज निरीक्षण
मंसिर २९, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार