ट्रम्प पराजित भएमा मलाई जेल हालिन्छः मस्क
नेपालबहस संवाददाता
असोज २३, २०८१ बुधबार ११:४५:२
२३ असोज, काठमाडौं । टेस्ला, स्पेस एक्स र एक्सका मालिक एलन मस्कले राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प पराजित भएमा आफुलाई जेल हालिने टिप्पणी गरेका छन् ।
एन्कर टकर कार्लसनसँगको अन्तर्वार्तामामा म्स्क्ले ट्रम्प आगामी राष्ट्रपतीय चुनावमा कमला ह्यारिससँग पराजित भए भने आफु जेल जान सक्ने बताएका हुन् । साथै उनले कमला ह्यारिसले चुनाव जितेमा अमेरिकामा फेरि कहिल्यै चुनाव नहुने दाबि समेत गरेका छन् । मस्कले अमेरिकाको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई खुलेर समर्थन गर्दै आएका छन् ।
मस्कलाई ट्रम्प चुनाव हारे भने के हुन्छ ? भन्ने प्रश्न सोधिएकोमा उनले भने– ’यदि ट्रम्प चुनाव हारे भने सोच्नुहोस् म गएको छु । म कति वर्ष जेल जान्छु जस्तो लाग्छ ? के म मेरा छोराछोरीलाई पनि हेर्न सक्षम हुनेछु ? मलाई थाहा छैन।’ हालै पेन्सिलभेनियाको बटलरमा ट्रम्पको ¥यालीमा पनि मस्कले पूर्व राष्ट्रपतिसँग स्टेज साझा गर्दै ट्रम्पलाई चुनाव जिताउन आग्रह गरेका थिए ।
अन्तर्वार्ताका क्रममा मस्कले भने, ’मलाई लाग्छ कि यदि ट्रम्पले यी चुनावहरू जितेनन् भने यी अन्तिम चुनाव हुनेछन्।’ आफ्नो आशंका व्यक्त गर्दै मस्कले भने, ’ह्यारिस बाइडेनको शासनकालमा अमेरिका आएका लाखौं गैरकानुनी आप्रवासीलाई नागरिकता दिइनेछ र उनीहरू भविष्यमा सदाका लागि डेमोक्र्याट पार्टीका मतदाता हुनेछन्।’ मस्कले भने, ‘मेरो अनुमान छ कि यदि डेमोक्र्याट पार्टी अझै चार वर्ष सत्तामा रह्यो भने अर्को चुनावमा धेरै गैरकानुनी आप्रवासीलाई कानुनी मान्यता दिनेछ र त्यसपछि अमेरिकामा स्विङ स्टेट रहनेछैन, जसका कारण देशमा शासन हुनेछ ।’
मस्कले आफ्नो दावीको समर्थनमा १९८६ को अध्यागमन सुधार र नियन्त्रण अधिनियमको उदाहरण दिए । मिडिया रिपोर्टहरूले यो कानून अन्तर्गत लाखौं अवैध आप्रवासीहरूलाई अमेरिकी नागरिकता दिइएको थियो । यसपछि मात्र क्यालिफोर्निया डेमोक्र्याट पार्टीको गढ बनेको मस्कले बताए । मस्कले भने, ‘मलाई लाग्छ हामी लोकतान्त्रिक देश रहिरहन चाहन्छौं र हामी एउटा पार्टीले शासन गर्ने देश बन्न चाहँदैनौं । ट्रम्प लोकतन्त्रका लागि खतरनाक भनी बोल्नेहरू आफैं लोकतन्त्रका लागि खतरा हुन् । एक दलको शासन लोकतन्त्र होइन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कलाई राहतम ब्राजिलमा एक्सका सेवा पुनः संचालन गर्न अदालतको आदेश
असोज २३, २०८१ बुधबार
ट्रम्पले पुटिनलाई गोप्यरुपमा कोरोना टेस्ट किट पठाएको खुलासा
असोज २३, २०८१ बुधबार
उर्जामन्त्रीको विवादित होटल उद्घाटनमा प्रधानमन्त्रीदेखि कांग्रेस सभापतिसम्म
असोज २४, २०८१ बिहिबार
बार र बेञ्चको विवादः कात्तिक १ गते कसरी समाधान निस्कन्छ ?
असोज २४, २०८१ बिहिबार
अब टविटर 'एक्स' प्रयोगकर्तालाई मस्कले पैसा दिने
असोज २४, २०८१ बिहिबार
माछापुच्छ्रे बैंकले ल्यायो ग्राहकहरूलाई नौलो अनुभव दिन एम–कार्ड सेवा
असोज २४, २०८१ बिहिबार
तानसेनमा बडादशैंको फुलपाती भित्र्याइयो ( फोटो फिचर )
असोज २४, २०८१ बिहिबार
गोरखामा २८ वर्षीया युवतीको हत्या
असोज २४, २०८१ बिहिबार
हनुमानढोका दरबारको दशैंघरमा भित्र्याइयो फूलपाती ( फोटो फिचर )
असोज २४, २०८१ बिहिबार