राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन जारी, संस्थापक शेयरधनी र तिनका परिवारले लिने कर्जामा कडाइ
नेपालबहस संवाददाता
असोज २३, २०८१ बुधबार १२:३४:३१
२३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका शेयरधनीहरुलाई च्याप्ने गरी एकीकृत निर्देशन जारी गरेको छ । अबदेखि बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको शेयर धितो कर्जामा मार्जिन कल गर्नेसम्बन्धी व्यवस्था उक्त कर्जाको प्रोडक्ट पेपरमा नै उल्लेख गर्नुपर्ने भएको छ ।
शेयर धितो कर्जा दिएका ऋणीलाई कस्तो अवस्थामा मार्जिक कल आउँछ भनेर उक्त कर्जा लिँदाको बखतमा गरिने सम्झौतामा नै खुलाउने व्यवस्था गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी शेयर लिने संस्थापक शेयरधनी र तिनका परिवारले लिने कर्जामा कडाइ गरेको हो ।
यस्तै, शेयरको मूल्य घट्दै जाँदा थप सुरक्षण नराखेमा शेयर बिक्री गरी असुलउपर गर्ने सम्बन्धमा पनि स्पस्ट व्यवस्था कर्जा लगानी गर्ने प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्ने भएको छ । यसमा नीतिगत व्यवस्थामा कुनै परिमार्जन भएको छैन । राष्ट्रबैंकले एकीकृत निर्देशिकामा संशोधन गर्दै मार्जिन कल र शेयर बिक्री गरी कर्जा असुलउपर गर्ने व्यवस्था ऋणीलाई जानकारी हुनेगरी प्रोडक्ट पेपरमा नै खुलाउन भने निर्देशन दिएको हो ।
बैंक वा वित्तीय संस्थाको चुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी शेयर लिएका वा चुक्ता पँुजीको एक प्रतिशतभन्दा माथि शेयर स्वामित्व भएका लगानीकर्ताले सो बैंकबाट कर्जा तथा गैरकोषमा आधारित सुविधा नपाउने व्यवस्था गरिएको छ ।
उक्त सीमाभन्दा धेरै शेयर लगानी रहेको लगानीकर्ता मात्रै नभएर तिनका परिवार वा कर्मचारीलाई समेत कर्जामा बन्देज लगाइएको छ । योसँगै त्यस्ता संस्थापक शेयरधनीहरु, सञ्चालक, कार्यकारी प्रमुख र निजको पारिवारिका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्ति धितो राखेर समेत कर्जा प्रवाह गर्न बन्देज लगाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार