महालक्ष्मी विकास बैंकले ल्यायो भिसा थ्रीडी सुरक्षित कार्ड सुविधा
नेपालबहस संवाददाता
असोज २३, २०८१ बुधबार १३:२८:२३
२३ असोज, काठमाडौं । महालक्ष्मी विकास बैंकले भिसा थ्रीडी सुरक्षित कार्ड सुविधा ल्याएको छ । बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा डलर, एनपीआर कार्डहरू मार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा थ्रीडी सुरक्षित कार्ड सुविधा ल्याएको हो ।
सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम बैंकले भिसा थ्रीडी सुविधा थप गरेको हो । जसले ग्राहकहरूले गर्ने अनलाइन कारोबारको सुरक्षा तहमा थप वृद्धि गर्नेछ ।
नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरु मध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक हो । यस सुविधाले ग्राहकको आफ्नो कार्डको विवरण अनधिकृत रूपबाट प्रयोग हुनबाट जोगिनेछ भने प्रत्येक कारोबार प्रमाणीकरण पनि हुनेछ ।
यस प्रक्रिया अन्तर्गत ग्राहकहरूले डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन कारोबार गर्दा प्रत्येक कारोबारलाई प्रमाणीकरण गर्नको निमित्त इमेल वा म्यासेज मार्फत एक पटक मात्र प्रयोग हुने पासवर्ड (OTP) प्राप्त गर्नेछन् र सो पासवर्ड प्रविष्ट गरेपछि मात्र कारोबार सम्पन्न हुनेछ ।
यो सुविधा सुचारु भएसँगै बैंकको ग्राहकहरूलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरू उपलब्ध गराउने नीतिको सफल कार्यान्वयन हुने विश्वाससमेत बैंकले लिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग
असोज १८, २०८१ शुक्रबार
चणिकलाल तामाङ महालक्ष्मी विकास बैंकद्धारा १ लाख नगदसहित सम्मान
असोज १४, २०८१ सोमबार
‘महालक्ष्मी साहित्य पुरस्कार’ महाकाव्यकार अर्याललाई प्रदान
असोज ७, २०८१ सोमबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
एनपीएल अक्सनमा उच्च मूल्यमा बिक्री भए यी खेलाडी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
काठमाडौंका विभिन्न स्थानबाट यात्रुसँग बढि भाडा असुल्ने ३१ जना पक्राउ
असोज २२, २०८१ मंगलबार
धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु
असोज २२, २०८१ मंगलबार
काभ्रेपलाञ्चोकका तीन गाउँपालिकामा दशैं अन्धकारमै बित्ने
असोज २३, २०८१ बुधबार
दशैँ बिदामा देशभर निगमले डिपो खुला गर्ने
असोज २३, २०८१ बुधबार
मारवाडीबीच धकेलाधकेलपछि गौशाला धर्मशालामा काठमाडौँ महानगरले राख्यो आफ्नै बोर्ड
असोज २३, २०८१ बुधबार
प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग
असोज २३, २०८१ बुधबार