वरिष्ठ गीतकार विश्व बल्लभको निधन
नेपालबहस संवाददाता
असोज २३, २०८१ बुधबार १३:५२:५५
२३ असोज, काठमाडौं । वरिष्ठ गीतकार विश्व बल्लभको ८० वर्षको उमेरमा निधन भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा मस्तिष्कघातको उपचारको क्रममा उनको बुधबार निधन भएको हो ।
गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जालमार्फत बल्लभको निधन भएको जानकारी दिएका छन् । गीतकार थापा बल्लभको उपचारार्थ अर्थ संकलनमा सक्रिय रहेका थिए ।
बल्लभको पार्थिव शरीरलाई बुधबार दिउँसो १ बजेपछि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । लामो समय रेडियो नेपालका जागिरे बल्लभका दुई छोरी छन् । उनकी श्रीमतीको दुई वर्षअघि क्यान्सरले निधन भएको थियो । उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर बल्लभका सहोदर भाइ हुन् ।
विश्व बल्लभले तारादेवीले गाएको ‘शुभकामना’, अरूणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ नारायण गोपालले गाएको 'पर्खी बसे आउला भनी, मेरो उठ्ने पालो' जस्ता चर्चित गीत लेखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार