मारवाडीबीच धकेलाधकेलपछि गौशाला धर्मशालामा काठमाडौँ महानगरले राख्यो आफ्नै बोर्ड
नेपालबहस संवाददाता
असोज २३, २०८१ बुधबार १५:२२:७
२३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ । मारवाडी सेवा समितिको विरोधका बीच महानगरपालिकाले पशुपति गौशाला धर्मशालाको बोर्ड हटाएर आफ्नो नयाँ बोर्ड राखेको छ ।
पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन काठमाडौं महानगरपालिकाको टोली पुगेको थियो । वडा नम्बर ८ का वडाध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली धर्मशाला पुगेर बोर्ड राखेका हुन् । सोही क्रममा मारवाडी सेवा समिति र काठमाडौं महानगरप्रहरीहरुबीच धकेलाधकेल भएको थियो । पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला खाली गराउन नमानेपछि नगरप्रहरीले जबरजस्ती धर्मशाला खाली गराउन खोज्दा मारवाडीहरुले प्रतिवाद गरेका थिए ।
यसअघि काठमाडौं महानगर प्रहरी, वडाध्यक्ष, महानगरका प्रतिनिधि, पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच छलफल भएको थियो । तर सहमति नजुटेपछि महानगरले गौशाला खाली गराउन खोजेको थियो । प्रहरीको टोली पनि पुगेको थियो । गौशाला धर्मशाला खाली गराउन पुगेको महानगरको नगर प्रहरीसँग मारवाडी सेवा समितिले धर्मशाला खाली गराउनुपर्ने अफिसियल पत्र मागेका थिए ।
महानगर प्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार आज १० बजेसम्म गौशालाको धर्मशाला खाली गर्न मंगलबार नै माइकिङ भएको थियो । लगत्तै वडाध्यक्ष सहितको टोली पुगेपछि मारवाडी सेवा समितिका सदस्यहरुले विरोध गरेका छन् । पुरानो बोर्ड हटाएर काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित गौशाला धर्मशाला लेखिएको बोर्ड राखिएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाबिच सातबुँदे सहमति भएपछि पशुपति गौशाला धर्मशाला खाली गराउने तयारी थालिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार