बडा दशैंको उपलक्ष्यमा काठमाडौं ताराले राख्यो भब्य शुभकामना कार्यक्रम
नेपालबहस संवाददाता
असोज २३, २०८१ बुधबार १९:४३:१२
२३ असोज, काठमाडौं । लाइन्स कल्ब अफ काठमाडौं ताराले बडा दशैं २०८१ को उपलक्ष्मा लाइन लिडर तथा सदस्यहरुबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको सामाखुसीस्थित ग्रिह भिवेज गोर्खा होटलमा काठमाडौं ताराले मंगलबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
भब्य समारोहबीच भएको शुभकामना आदानप्रदान कार्यक्रममा लाइन लिडरहरुले मन्चबाटै शुभकामना साटासाट गरेका थिए । मन्चबाहिर रहेका लाइन सदस्य तथा उपस्थित पाहुनाहरुले पनि आफ्नो परिचयसहित शुभकामना बाँडेका थिए । कार्यक्रममा काठमाडौं ताराले लाइन लिडर तथा सदस्यहरुलाई टोकन आफ ल (मायाको चिनो) वितरण गरेको थियो ।
लाइन्स कल्ब अफ इनटरनेशनल २५के का गभर्नर निरा बज्राचार्यले हालै आएको बाढी पहिरोमा परेकोहरुलाई राहात सामाग्री वितरण गरिएको जानकारी दिँदै उपस्थित सबैमा बडादशैंको शुभकामना दिएकी थिइन् । कार्यक्रममा गभर्नर बज्राचार्यले लाइन्स लिडर तथा सदस्यहरुलाई मायाको चिनो प्रदान गरेकी थिइन् । लाइन्स कल्ब अफ काठमाडौं ताराका पूर्व अध्यक्ष तथा जोन चियर पर्सन राजकुमार बस्नेतको अग्रसरतामा सो शुभकामना आदानप्रदान कार्यक्रम राखिएको थियो ।
शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अथिति डीजी निरा बज्राचार्य, सेकेन्ड डीजी रमेस अधिकारी चिफ एडभाइजर बिष्णुहरी फुयाल, बिशिष्ट अफिसर सुलोचना मानन्धर, बिशिष्ट अफिसर सुमि रन्जित, नबत लिडर ट्रिजा ढकाल, न्यु भ्वाइस इनिसेटिप चिफ लक्ष्मी थापा, क्लष्टर चिफ अनिता खड्का रायमाझी, कोरिजोन चियर पर्सन निसा श्रेष्ठ, रिजोन आमन्त्रित अतिथी स्याम क्रृष्ण तिमिल्सेना, कोजोन खेम प्रसाद श्रेष्ठ, आमन्त्रित क्लब अध्यक्ष निर्मल भट्टराइ, साइनिङ स्टारका अध्यक्ष बद्रिकुमार न्यौपाने लगायतको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको अध्यक्षता काठमाडौं ताराकी अध्यक्ष संगिता श्रेष्ठले गरेकी थिइन् । कार्यक्रम सम्पन्न भएपछि काठमाडौं ताराले विशेष खानपानको व्यवस्था पनि गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
लायन्सले वितरण गर्यो बेथानका बाढीपीडितलाई जस्ता
पुष २४, २०८१ बुधबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
भूकम्प दिवसः पूर्वतयारीका लागि संकल्प जरुरी
माघ २, २०८१ बुधबार
प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माघ २, २०८१ बुधबार