दशैंमा पनि तरकारी बेच्दै थारु महिला
नेपालबहस संवाददाता
असोज २५, २०८१ शुक्रबार १०:३७:२४
२५ असोज, बाँके । दशैंको आगमनसँगै नेपालगञ्ज बजार सुनसान भए पनि धम्बोझी चोक क्षेत्रमा तरकारी किनमेल गर्ने उपभोक्ताको भीडमा कमी आएको छैन । बाँके र बर्दियाको ग्रामीण क्षेत्रका थारु महिलाले उत्पादन गरेका तरकारीले नेपालगञ्जवासीलाई लोभ्याएको छ ।
यहाँ ग्रामीण क्षेत्रका थारु महिलाले गाउँमा उत्पादन गरेका तरकारी प्रत्येक दिन बिहानपख नेपालगञ्जको धम्बोझी चोक क्षेत्रमा ल्याएर बिक्री गर्ने गरेका छन् । यसपाली दसैँमा गाउँको तरकारी शहरमै उपलब्ध गराएको बर्दिया राजापुरकी श्यामकली थारुले बताइन्। “आजसम्म त बिक्री गरिरहेका छौँ, धेरैजनाले भोलिलाई पुग्नेगरी तरकारी किनेर लैजानुभएको छ”, आज बिहान तरकारी बिक्री गरिरहेको अवस्थामा भेटिएकी उनले भनिन्, “भोलि दशैंको दिन आउँदैनौँ, त्यसपछि फेरि आइहाल्छौँ ।”
नेपालगञ्ज–२ निवासी सुनीलसिंह हमालले आफ्नो भान्सामा एक वर्षदेखि गाउँमा उत्पादित तरकारी पाक्ने गरेको बताए । गाउँमा मेहनत गरेर उत्पादन गरेको तरकारी दशैंको बेलामा पनि नेपालगञ्ज पुर्याउनु आर्थिक मात्रै नभइ सेवाभावसमेत भएको उनको भनाइ छ ।
गाउँको तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारु महिला आफैँले उत्पादन गरेर बजारमा पुर्याउन थालेका छन् । तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले आफ्नै खेतबारीमा उत्पादित तरकारीबाट प्रशस्त कमाइसमेत गर्न सफल भएको बर्दिया बढैयाताल गाउँपालिका–३ का महिला वडासदस्य दुसानी थारुले बताइन्। उनले बर्दियाबाट नेपालगञ्ज दैनिक तरकारी ल्याएर बिक्री गर्दै आएको बताए । “म विगत १० वर्षदेखि कृषि पेसामा आबद्ध छु, पहिला अर्गानिक तरकारी साइकलमा राखेर नेपालगञ्जका चोकचोकमा पुर्याउनुपथ्र्यो”, उनले भनिन्, “अहिले धेरै दिदीबहिनी धम्बोझीमा जम्मा भएर बिक्री गर्ने गरेका छौँ ।”
नेपालगञ्जमा गाउँबाट ल्याएको तरकारी तत्काल बिक्री भई राम्रो आम्दानी हुन थालेपछि तरकारी उत्पादनतर्फ अधिकांश थारु महिला आकर्षित भइरहेका दुसानीको भनाइ छ । उनले विभिन्न किसिमका तरकारी बिक्री गरेर मासिक रु १५ देखि २० हजारसम्म आम्दानी गरिरहेको सुनाइन्।
बाँकेको नौबस्तामा घरवरिपरि तरकारीखेती गरिरहेकी वसन्ती थारूको तरकारी बिक्रीबाटै परिवारको जीविकोपार्जन भइरहेको छ । गाउँको तरकारी बजारमा सहजै बिक्री हुने गरेकाले टाढा भए पनि यहाँ आउने गरेको उनले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
टोयोटाको लक्जरी क्यामरी भारतीय बजारमा लन्च हुँदै
मंसिर २६, २०८१ बुधबार
बहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार