अन्नपूर्ण क्षेत्रमा पर्यटक सूचना केन्द्र स्थापना
नेपालबहस संवाददाता
असोज २५, २०८१ शुक्रबार १५:४:२६
२५ असोज, कास्की । अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसेमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गाउँपालिकासँगको साझेदारी कार्यक्रमअन्तर्गत पर्यटक सूचना केन्द्र, उद्यान र दिवा सेवा केन्द्रको स्थापना गरेको हो ।
पर्यटक सूचना केन्द्रका लागि एक्याप ल्वाङ कार्यालयबाट रु १० लाख, गाउँपालिकाको रु १३ लाख ६० हजार लागत साझेदारी गरी कूल रु २३ लाख ६० हजार लागतमा निर्माण गरिएको एक्याप ल्वाङका कार्यालय प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।
केन्द्रले मर्दी हिमाल पदमार्ग, माछापुच्छ्रे नमूना पैदलमार्ग लगायतका पर्यटकीयस्थलमा पदयात्रामा जाने पर्यटकको अभिलेख सङ्कलन गर्नेछ । पर्यटक समस्यामा परेमा द्रुत उद्धारमा सहयोग पुग्ने गौतमले बताए । खुमै डाँडा र क्रोचोङको पदयात्रा पनि यहीँबाट सुरु हुन्छ ।
सूचना केन्द्रबाट खुमै तथा मर्दी ट्रेकिङरुटको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थान, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकको सुरक्षित र सहज यात्राको विषयमा आवश्यक जानकारी प्रदान गरिने गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले बताए । पाँच रोपनी जमिनमा सूचना केन्द्र, दिवा सेवा केन्द्र र व्यायामशाला निर्माण भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार