रिङरोडमा आज र भोलि सशस्त्र प्रहरीको निशुल्क बस सेवा
नेपालबहस संवाददाता
असोज २५, २०८१ शुक्रबार १५:५:१९
२५ असोज, काठमाडौं । बडादशैं २०८१ को अवसरमा यात्रुहरूको सहजताको लागि सशस्त्र प्रहरी बलले आज र भोलि 'असोज २५ र २६ गते' काठमाडौंको रिङरोडमा निःशुल्क बस सेवा संचालन गरेको छ ।
आज बिहान ६ बजे बाट शुरु भएको निःशुल्क बस सेवा अन्तर्गत एउटा बस प्रधान कार्यालयबाट कलंकी, सातदोबाटो, कोटेश्वर, गौशाला , महाराजगन्ज, बालाजु रुटमा संचालन गरिएको छ भने अर्को बस प्रधान कार्यालयबाट बालाजु, महाराजगन्ज,गौशाला , कोटेश्वर , सातदोबाटो, कलंकी रुटमा संचालन गरिएको छ ।
चाडपर्वको समयमा सार्वजनिक गाडी कम गुड्ने भएकोले सर्वसाधारणको सुविधाको लागि बस संचालन गरिएको हो । बडादशैंको अबसरमा यस अघिका बर्षमा पनि काठमाडौमा सशस्त्र प्रहरी बलले निशुल्क बस सेवा संचालन गरेको थियो ।
यसै गरि बिगत बर्षहरु जस्तै यस बर्ष पनि सर्वसाधारणका लागि सशस्त्र प्रहरी बलले देश भरी स्थानिय निकायसंगको समन्वय समेतमा १ सय ९७ वटा लिङ्गेपिङ राखेको छ । बिगत करिब १४ बर्ष देखि पिङ राख्ने कार्यलाइ यो बर्ष पनि निरन्तरता दिइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
मंसिर २४, २०८१ सोमबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार