बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन
नेपालबहस संवाददाता
असोज २५, २०८१ शुक्रबार १६:३९:२
२५ असोज, बाँके । प्रसिद्ध शक्तिपीठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा भक्तजनले यक्ष र मोक्ष पाउने आशामा आज जिब्रो छेडेका छन् ।
वडादसैँको घटस्थापनादेखि निराहर व्रत बसेका पुरुषले आफ्नो भाकल पुरा गराउन वा पुरा भएपछि देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि रहेको बागेश्वरी मन्दिरका मुलपुरोहित महन्त चन्द्रनाथ योगीले बताए ।
उनले केही समय अघिसम्म भक्तजनले देवीलाई जिब्रो काटेर चढाउने गरिएपनि अहिले जिब्रो छेडेर दर्शन गर्ने चलन रहेको बताए । महन्त योगीले देवीको मन्दिरमा पशुबली चढाउने परम्मपरा रहेको र केही भक्तजनले आफ्नै रगत चढाउने उद्देश्यले जिब्रो छेड्ने गरेको स्पष्ट पारे । उनका अनुसार नवरात्रको ब्रत बसेका ब्रतालु पुरुषले नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातुले (त्रिशुल) छेड्ने गर्छन् । हरेक वर्ष एक सयभन्दा बढी भक्तजनले जिब्रो छेड्ने गरेका छन् ।
यस मन्दिरमा बडा दशैं र चैतेदशैंमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन छ । निराहार ब्रत बसेर नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष पाइने धार्मिक विश्वास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबडादशैंका अवसरमा राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना
असोज २५, २०८१ शुक्रबार
तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे
असोज २५, २०८१ शुक्रबार
छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि
असोज २५, २०८१ शुक्रबार
पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या
असोज २५, २०८१ शुक्रबार
पार्टी कार्यालयलाई थप व्यवस्थित गर्न आफ्नै भवन निमार्ण गर्दै एमाले
असोज २५, २०८१ शुक्रबार
दशैंमा पनि तरकारी बेच्दै थारु महिला
असोज २५, २०८१ शुक्रबार
बडादशैंका अवसरमा राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना
असोज २५, २०८१ शुक्रबार
तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे
असोज २५, २०८१ शुक्रबार
महानमवी दिन सवारीसाधन कम
असोज २५, २०८१ शुक्रबार
छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि
असोज २५, २०८१ शुक्रबार
बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन
असोज २५, २०८१ शुक्रबार
चीनमा वृद्धवृद्धाका लागि सहयोगी सेवा सुरु
असोज २५, २०८१ शुक्रबार