बाढीले क्षति पुर्याएको झोलुङ्गे पुल मर्मतपछि सञ्चालन
नेपालबहस संवाददाता
असोज २५, २०८१ शुक्रबार २०:३०:३२
२५ असोज, गोरखा । त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्याएको झोलुङ्गे पुल मर्मत गरेर सञ्चालनमा ल्याइएको छ । गोरखाको सहिद लखन गाउँपालिका–३, सिलिङटार र चितवनको इच्छाकामना गाउँपालिका–४, चरेस जोड्ने त्रिशूली नदी माथिको झोलुङ्गे पुल झन्डै दुई सातापछि मर्मत गरेर सञ्चालनमा ल्याइएको हो ।
सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरका अनुसार चाडबाडका बेला स्थानीयवासीलाई आउजाउमा समस्या भएपछि गाउँपालिकाले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मतका लागि आवश्यक सबै सामग्री खरिद गरेर मर्मत गरिएको हो । “सस्पेन्सन ब्रिज डिभिजन काठमाडौँबाट आएको इन्जिनियरसहितको प्राविधिक टोलीले क्षतिग्रस्त पुल मर्मत गरेको हो”, अध्यक्ष थापामगरले भने ।
स्थानीय समुदायसमेतको सहयोगको पुलको मर्मत गरेसँगै नागरिकलाई पुलबाट आउजाउ सहज भएको छ । “बाढीले पुलको लट्ठामा क्षति पुर्याएको थियो,” उनले भने, “टाइफर मेसिनको प्रयोग गरेर पुलको लट्ठा तानेर पुलको छेउछाउमा जाली भरेर आवातजावत गर्न मिल्नेगरी पुल सञ्चालन गरिएको छ ।”
कुल १६१ मिटर लम्बाइ रहेको उक्त झोलुङ्गे पुललाई यहीँ असोज ११ गते त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्याएको थियो । मर्मत गरिएको उक्त पुलमा मोटरसाइकल सञ्चालन नगर्न स्थानीयलाई सचेत गराइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार
पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनलाई
पुष १५, २०८१ सोमबार
‘कला, संस्कृति र इतिहासको अभिलेख राख्न जरुरी’
पुष १५, २०८१ सोमबार
परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदारमात्रै बनायोः महासचिव पोखरेल
पुष १५, २०८१ सोमबार