दशैंको किनमेल स्थानीय हाटबजारमा
नेपालबहस संवाददाता
असोज २५, २०८१ शुक्रबार २०:४१:२९
२५ असोज, नवलपुर । नवदुर्गा सुरु भएसँगै गाउँघरको वातावरण रमाइलो हुने गरेको छ । सहरी क्षेत्र सुनसान बन्दै गएको बेलामा गाउँघरका पसल तथा बजारहरु स्थानीयको किनमेलको केन्द्र बन्ने गरेको छ ।
दशैंको टीकाको अघिल्लो दिन आज नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को मध्यविन्दु–३ इटौरामा लाग्ने हाटबजारमा किनमेल गर्ने स्थानीयको घुइँचो लागेको छ । फूलपातीकै दिनदेखि सहर बजार सुनसान बन्दै गएको अवस्थामा आज महानवमीको दिन यहाँको हाटबजार भने भरिभरिउ छ । अन्य बेलाको तुलनामा आज हाटबजारमा किनमेल गर्नेको सङ्ख्या अत्यधिक भएको कपडा व्यवसायी काशिराम कँडेलले बताए ।
“दशैंको अघिल्लो दिन भएर पनि होला । आज किनमेल गर्ने उपभोक्ताको ठूलै घुइँचो लागेको छ”, उनले भने, “अन्य शुक्रबारको तुलनामा आजको दिन चार गुणा बढी व्यापारसमेत भएको छ ।” दसैँमा घर आउँदा सामान खरिद गर्न नपाएका उपभोक्ताहरु घर नजिकै सस्तो र गुणस्तरीय सामान पाउने भएपछि हाटबजारमा आकर्षित भएका कँडेलको भनाइ छ । सहर बजारको पसलमा भन्दा हाटबजारमा लाग्ने पसलमा सामान सस्तो तर एउटै गुणस्तरको पाउनेसमेत कँडेलले दाबी गरे ।
स्थानीय कोल्हुवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नारायणप्रसाद अर्यालले हाटबजार स्थानीय सामान बिक्री गर्ने सहज माध्यम भएको बताए । “आफ्नो बारीमा उत्पादन भएको फलफूल तथा तरकारी बिक्री गर्न समेत हाटबजार उपयुक्त माध्यम बनेको छ”, उनले भने, “धेरै उत्पादन हुनेले बिक्री गर्ने अनि आवश्यकता पर्नेले खरिद गर्ने थलो हाटबजार बनेको छ ।” हाटबजारले स्थानीयलाई सामान खरिद गर्न, बिक्री गर्न टाढा बजारमा जानुपर्ने अवस्थाको अन्त्य हुँदा समय र पैसाको समेत बचत भएको उहाँको भनाइ छ ।
मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले हाटबजारका कारण स्थानीय सरकारलाई राजस्व समेत प्राप्त हुने गरेको बताउनुभयो । “हाटबजारमा सामान बिक्री गरेबापत व्यवसायीले सरकारलाई कर बुझाउँछन्”, उनले भने, “उपभोक्ताले पनि ताजा र सस्तो सामान खरिद गर्ने अवसर पाएका छन् ।” दशैंको अघिल्लो दिन लागेको हाटबजारमा त झनै दशैंका लागि आवश्यक पर्ने तरकारी, फलफूल तथा अन्य सामग्री खरिद गर्न अन्य दिनभन्दा बढी उपभोक्ताहरु पुगेका उनले बताए ।
मध्यविन्दु–३ रतनपुरका अमरबहादुर बोहोराले हाटबजारले आफूहरुलाई सहज बनाएको बताए । “दशैंको किनमेल गर्न बाँकी थियो, फूलपातीदेखि बजारका पसल पूरै बन्द जस्तै थिए”, उनले भने, “गाउँमै हाटबजार लागेपछि हामीलाई आवश्यक पर्ने सबै सामग्री खरिद गर्न सहज भयो ।” हाटबजारमा लत्ताकपडा, फलफूल, तरकारीमात्रै नभएर अन्य दैनिक उपभोग्य वस्तु तथा जुत्ताचप्पल समेत पाइने भएकाले आफूहरु किनमेल गर्न त्यहाँ आएको बोहोराले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
पुष २५, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार