इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार १८:०:१९
२६ असोज, काठमाडौं । आर्थिक रुपमा ‘विवादित’ इन्सपेक्टर बिनुकुमारी शाहीमाथि मुद्धा चलाउनु पर्ने रायसहितको प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पठाइएको छ । दुई दिन अघि मात्रै सो प्रतिवेदन प्रहरी प्रधानकार्यालय पठाइएको उपत्यका प्रहरी कार्यालय रानीपोखरी स्रोतले जनाएको छ ।
‘दशै विदामै सो प्रतिवेदन आवश्यक कारवाहीको लागि पठाइएको हो’, उपत्यका प्रहरी कार्यालयका एक अधिकारीले भने । असोज २४ मा पठाइएको भएपनि दशैँपछि मात्रै शाहीमाथिको कारवाही अघि बढ्नेछ । छानबिन सकाएर बुझाइएको समितिको प्रतिवेदन उपत्यका प्रहरी कार्यालय रानीपोखरी हुँदै प्रहरी प्रधान कार्यालय पुगेको हो ।
छानबिन समितिले शाहीमाथि कारबाही सिफारिस गरेको स्रोतले जनाएको छ । इटहरीका एक व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गरेको घटनामा शाहीलाई नै मुद्दा चलाउनुपर्ने रायसहित छानबिन समितिले प्रतिवेदन बुझाएको हो । ललितपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरहरि अधिकारी नेतृत्वको छानबिन समितिले तत्कालीन भैँसेपाटी प्रहरी प्रभागका प्रमुख समेत रहेकी इन्स्पेक्टर बिनुकुमारी शाहीलाई मुद्दा चलाउने आधार देखिएको भन्दै सोही सिफारिस गरेको जनाइएको छ । घटनामा शाहीको भूमिका शंकास्पद देखिएपछि समितिले यसअघि निलम्बन गर्न सिफारिस गरेको थियो । हाल उनी निलम्बित छन् ।
असोज ६ गते इटहरीका ताज स्लाम र दर्शन पोखरेलको योजनामा सुस्मा विकले एक व्यवसायीलाई ३० लाख नदिए बलात्कार मुद्दामा फसाउने भन्दै प्रहरी नै प्रयोग गरी रकम असुल गरेका थिए । घटना लगत्तै बनेको समितिले मंगलबार प्रतिवेदन ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनाललाई बुझाएका थिए ।
ललितपुर प्रहरीले बुधबार प्रतिवेदन उपत्यका प्रहरी कार्यालय रानीपोखरी बुझाएको थियो । त्यसपछि प्रतिवेदनमा देखिएका कुराको कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालय पठाइएको जनाइएको छ । प्रहरी थुनामा रहेका ताजसँग एसपी कमल थापाको समेत सम्बन्ध देखिएको प्रतिवेदनमा उल्लेख छ ।
उनीमाथि समेत छानबिन गर्नुपर्ने देखिएको रानीपोखरी प्रहरी स्रोतले जानकारी दियो । उनीमाथि पनि छानबिन गर्न हेडक्वार्टरले अर्को छानबिन समिति गठन गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार एसएसपी दिपेन्द्र जिसीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको छानबिन थालिएको हो । एसपी थापाको विषयमा थप अनुसन्धान गर्नुपर्ने देखिएकाले अर्को छानविन समिति बनाएको दावी गरिएपनि प्रहरी प्रधान कार्यालयले यो विषयलाई बाहिर ल्याएको छैन । त्यस घटनापछि एसपी थापाले इन्स्पेक्टर शाहीलाई पटक पटक फोनसम्पर्क गरेको देखिएको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
जलवायु परिवर्तनको असरले कालोपत्थर बन्दै हिमाल
मंसिर ९, २०८१ आइतबार
दुई वर्षपछि क्यानाडाबाट नेपाल फर्किए, घर नपुगी होटलमै पासो लगाएर आत्महत्या गरे
मंसिर ९, २०८१ आइतबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
म्याद थप गर्न दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ९, २०८१ आइतबार