न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार ९:६:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/khel_mAicgGSRtR_tziacW4PLP.jpg)
२६ असोज, काठमाडौं । भारतले न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि टिमको घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड 'बीसीसीआई' ले न्यूजील्याण्डविरुद्ध खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
रोहित शर्माको कप्तानीमा जसप्रित बुमराहलाई उपकप्तान बनाइएको छ । त्यस्तै विराट कोहली, केएल राहुल र सरफराज खानसँगै आकाश दीपले पनि टोलीमा मौका पाएका छन् ।
तीन खेलको टेष्ट सिरिज खेल्न न्युजील्याण्डको टोली भारत भ्रमणमा रहेको छ । भारत र न्युजिल्यान्डबीच अक्टोबर १६ देखि तीन खेलको टेष्ट सिरिज हुँदैछ भने सिरिजको पहिलो खेल बैंगलोरमा हुनेछ ।
भारतीय टिम
रोहित शर्मा 'कप्तान, जसप्रित बुमराह 'उपकप्तान', यशस्वी जैसवाल, शुभमन गिल, विराट कोहली, केएल राहुल, सरफराज खान, ऋषभ पन्त 'विकेटकिपर', ध्रुव जुरेल 'विकेटकिपर', रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद सिराज र आकाश दीप ।
ट्राभल रिजर्भस् हर्षित राणा, नितिश कुमार रेड्डी, मयंक यादव र प्रसिद कृष्ण । त्यस्तै भारत भ्रमणका लागि न्यूजिल्याण्डको टिममा टम लाथम 'कप्तान', टम ब्लन्डेल 'विकेटकीपर', माइकल ब्रेसवेल 'पहिलो टेस्ट', मार्क च्यापम्यान, डेभन कोनवे, म्याट हेनरी, डेरिल मिचेल, विलियम ओुरोर्क, एजाज पटेल, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सेन्टनर, बेन सियर्स , ईश सोधी 'दोस्रो र तेस्रो टेस्ट, टिम साउथी, केन विलियम्सन र विल योङ रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याम्पियन्स ट्रफी खेलको टिकट कसरी र कहाँबाट किन्ने ?
फागुन ६, २०८१ मंगलबार
च्याम्पियन्स ट्रफी अगाडि भारतलाई ठूलो झट्का, स्टार खेलाडी घाइते !
फागुन ५, २०८१ सोमबार
आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुनुभन्दा अघि कराँचीको रंगशालाबाट भारतीय झण्डा गायब !
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार