नोबेल शान्ति पुरस्कार पाउने जापानी संस्था निहोन हिडान्क्योले के गर्छ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार ११:९:३
२६ असोज, काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिडान्क्योलाई प्रदान गरिएको छ । यस संस्थालाई यो सम्मान विश्वमा आणविक हतियार विरुद्धको अभियानका लागि दिइएको हो ।
यो संगठनमा दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकीमा भएको आणविक हमलाबाट बाँचेका व्यक्तिहरू समावेश छन् । यीनलाई हिबाकुशा भनिन्छ, निहोन हिडान्क्यो संगठन मार्फत संसारभरि आफ्नो पीडा र पीडादायी सम्झनाहरू साझा गर्छन् ।
नोबेल समितिले एक दिन आणविक हमलामा परेका यी व्यक्तिहरू अब हामीसँग नरहने तर जापानको नयाँ पुस्ताले आफ्ना सम्झना र अनुभवहरू विश्वसँग बाँड्ने र विश्वका लागि आणविक हतियारहरू कत्तिको खतरनाक छन् भनेर सम्झाउने बताएको छ ।
हाइड्रोजन बम परिक्षणपछि गठन भएको संगठन
निहोन हिडान्क्यो संगठनको स्थापना सन् १९५६ मा आणविक र हाइड्रोजन बम विरुद्धको दोस्रो विश्व सम्मेलनमा भएको थियो । अमेरिकाले सन् १९५४ मा हाइड्रोजन बमको परिक्षण गरेको थियो र त्यसको विरोध गर्न सन् १९५५ मा विश्व सम्मेलन सुरु भएको थियो ।
सन् १९४५ मा भएको आणविक हमलाको करिब १० वर्ष बितिसक्दा पनि पीडितले अमेरिकाबाट कुनै सहयोग पाएनन् । अमेरिकी सेनाले पीडितहरूलाई आणविक आक्रमणको बारेमा केही बोल्न वा लेख्न प्रतिबन्ध लगाएको थियो।
आफ्नो स्थापनाकालदेखि नै, संस्थाले आणविक हतियारबाट हुने भयावह क्षति र मानवीय पीडाका बारेमा विश्वलाई शिक्षित गर्न हिबाकुशा ९पीडित० को समूहलाई विश्वका विभिन्न भागहरूमा पठाएको छ । संस्थाले विश्वमा कतै पनि हिबाकुशाको सिर्जना हुन नदिने र विश्व ‘आणविक हतियारमुक्त’ बन्न सक्ने सुनिश्चित गर्न खोजेको छ ।
अगस्ट ६, १९४५ मा राति ८स् १५ बजे अमेरिकाले एलोना गे विमानबाट जापानको हिरोशिमा सहरमा परमाणु बम खसालेको थियो । ४३ सेकेण्ड हावामा रहेपछि विस्फोट भएको थियो । त्यसको लगत्तै, आगोको ठूलो गोला उठ्यो र वरपरको तापक्रम ३००० देखि ४००० डिग्री सेल्सियससम्म पुग्यो ।
विष्फोटले यति बलियो हावा ल्यायो कि १० सेकेन्डमै विस्फोट हिरोशिमाभर फैलियो । विस्फोटको केही मिनेटमै ७० हजार मानिसको मृत्यु भएको थियो । यस आक्रमणको तीन दिनपछि अमेरिकाले नागासाकीमा पनि परमाणु बम खसालेको थियो । यो बमलाई ुफ्याट म्यानु नाम दिइएको थियो । हिरोशिमामा खसेको बमको नाम ुलिटिल ब्वाईु थियो ।
४५०० केजी तौल भएको फ्याट म्यानमा ६।५ किलो प्लुटोनियम भरिएको थियो । नागासाकीमा राति ११:०२ बजे बम विस्फोट भएको थियो । यस हमलामा ४० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । आणविक हमलापछि जापानले आत्मसमर्पण गर्यो र दोस्रो विश्वयुद्ध समाप्त भयो ।
गत बर्ष इरानको जेलमा रहेकी नरगिसले पाएकी थिइन् नोबेल शान्ति पुरस्कार
२०२३ मा, इरानी महिला पत्रकार र कार्यकर्ता नरगिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। महिला स्वतन्त्रता र अधिकारका लागि लड्दा उनले यो पुरस्कार पाएकी हुन् । नोबेल कमिटीले इरानका महिलास् जन(जीवन(स्वतन्त्रताको नारासहित शान्ति पुरस्कार घोषणा गरेको थियो।
५१ वर्षीया नरगिस इरानको अवान जेलमा बन्दी छिन् । उनी हालसम्म १३ पटक पक्राउ परेकी छन् । पछिल्लो पटक पक्राउ परेपछि नरगिसलाई ३१ वर्ष जेल र १५४ कोर्राको सजाय सुनाइएको थियो ।
जुन २०२३ मा न्युयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा नरगिसले ८ वर्षदेखि आफ्ना सन्तानलाई नदेखेको बताएकी थिइन् । उनले अन्तिम पटक २०२२ मा आफ्ना जुम्ल्याहा छोरी अली र कियानाको आवाज सुनेकी थिइन् ।
नोबेल शान्ति पुरस्कार १९०१ मा सुरु भएको हो । हालसम्म १११ व्यक्ति र ३१ संस्थाले यो सम्मान पाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
दुर्गम पलाँतामा टेलिकमको टावर सञ्चालन
पुष १, २०८१ सोमबार
पूर्वमेयर सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली
पुष १, २०८१ सोमबार
काजिपोखरीबाट देखिएको माछापुच्छ्रे हिमाल
पुष १, २०८१ सोमबार
गरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार