अवरुद्ध सिद्धिचरण राजमार्ग सुचारु
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार १७:१:१५
२६ असोज, उदयपुर । सुक्खापहिरो गएपछि अवरुद्ध सिद्धिचरण राजमार्गको उदयपुरको कटारी–घुर्मी सडक सुचारु भएको छ । शुक्रबार बिहानदेखि कटारी नगरपालिका–१४ स्थित भदौरेमा पहिरोले अवरुद्ध सडक आजदेखि सुचारु भएको हो ।
इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईंले सडक सुचारु भएको जानकारी दिए । “हिजो साँझसम्मको अथक प्रयासपछि सडक खुलेको छ,” उनले भने, “ओखलढुङ्गाको हर्कपुरस्थित सडक कार्यालयसँग समन्वय गरी ठूलो लोडर मगाएर सडक सुचारु गरिएको हो ।”
पहिरो जति पन्छाए पनि माथिबाट झर्ने क्रम जारी हुँदा सडक सुचारु गर्न समय लागेको हो । “आज बिहानसम्म पनि माथिबाट पहिरो झर्ने क्रम जारी थियो तर निरन्तरको प्रयासले अहिले सडक सञ्चालन भइसकेको छ”, उपरीक्षक बजगाईंले भने ।
यस सडकखण्ड अवरुद्ध भएपछि कोशी प्रदेशका पूर्वी सहरहरुबाट पहाडी जिल्ला खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु जाने यात्रु र पहाडी जिल्लाबाट तराई क्षेत्र आउने यात्रुलाई समस्या भएको थियो । आज सडक सुचारु भएपछि सवारीसाधनहरु आउजाउ गर्न थालेको कटारी–१४ का वडाध्यक्ष अम्बरबहादुर मगरले बताए ।
सडक सञ्चालन गर्न मिर्चैया–कटारी–घुर्मी सडक कार्यालय कटारी तथा प्रहरीलगायतले शुक्रबार रातिसम्म काम गरेका थिए । दसैँका बेला यात्रुहरु रोकिएपछि दिनरात खटेर सडक सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैंमा आज पोखरामा निःशुल्क बस सञ्चालन
असोज २६, २०८१ शनिबार
पहिरो हटाएर बीपी राजमार्ग पुनः सञ्चालन
असोज २५, २०८१ शुक्रबार
जोखिम मोलेर तेह्र लाख मानिस उपत्यकाबाट बाहिरिए
असोज २५, २०८१ शुक्रबार
आज विजया दशमी, बिहान ११ बजेर ३६ मिनेटमा टिकाको उत्तम साइत
असोज २६, २०८१ शनिबार
पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका
असोज २६, २०८१ शनिबार
न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा
असोज २६, २०८१ शनिबार
दक्षिण भारत रेल दुर्घटनामा १९ जना घाइते
असोज २६, २०८१ शनिबार
आजदेखि नेपालबाट बाहिरियो यस वर्षको मनसुन
असोज २६, २०८१ शनिबार
काभा यू-२० भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्बेकिस्तासँग पराजित
असोज २६, २०८१ शनिबार
नयाँ स्वास्थ्य चौकी भवनबाट सेवा सुरु
असोज २६, २०८१ शनिबार
पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका
असोज २६, २०८१ शनिबार
आइभोरी कोस्टमा प्रतिदिन ६ हजार व्यक्तिको धुम्रपानका कारण मृत्यु हुन्छ
असोज २६, २०८१ शनिबार