कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार २०:२४:४३
२६ असोज, काठमाडौं । भारतीय संगीतकार एआर रहमानले कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड गरेका छन् । यो भिडियो एसियन अमेरिकन एन्ड प्यासिफिक आइल्याण्डर्स 'एएपीआई' विजय कोष संगठनले रेकर्ड गरेको हो ।
यो भिडियो एएपीआईको युट्युब च्यानलमा अक्टोबर १३ मा लाईभ गरिने बताइएको छ । एआर रहमान ह्यारिसलाई समर्थन गर्ने दक्षिण एशियाका पहिलो अन्तर्राष्ट्रिय कलाकार हुन् । अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । भारतीय मूलकी कमला यस निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार हुन् । उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने दावेदार हुन् ।
यसअघि एआर रहमान र इन्डियास्पोराका अध्यक्ष एमआर रंगास्वामीको भिडियो टिजर पनि रिलिज भएको थियो । रिपोर्टका अनुसार रहमानका केही चर्चित गीतहरू यस शोमा बजाइने छ । यससँगै ह्यारिसलाई भोट गर्न अपिल पनि गरिनेछ । यस अघि पप स्टार टेलर स्विफ्टले पनि आफ्नो इन्स्टाग्राममा कमला ह्यारिसलाई सहयोगको अपिल गरेकी छिन् ।
कमला ह्यारिसका लागि अमेरिकामा रहेका भारतीय समुदायले चुनावी अभियान सुरु गरेका छन् । सेप्टेम्बर ३ मा, मानिसहरूले उत्तरी क्यारोलिना, मिशिगन, जर्जिया, पेन्सिलभेनिया लगायत धेरै राज्यहरूमा ह्यारिसको समर्थनमा र्यालीहरू निकालेका थिए । अमेरिकी होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टको रिपोर्ट अनुसार अमेरिकामा २१ लाखभन्दा बढी भारतीय-अमेरिकी मतदाता छन् ।
कमला ह्यारिसले ट्रम्पलाई भन्दा अश्वेत व्यक्तिबाट बढी समर्थन पाइरहेकी छन् । प्यू रिसर्च सेन्टरको सर्वेक्षण प्रतिवेदनअनुसार ७७ प्रतिशत अश्वेत मतदाताले राष्ट्रपतिका लागि कमलालाई रुचाएका छन् । जबकि १३ प्रतिशत अश्वेत मतदाताले मात्र ट्रम्पलाई समर्थन गरेका छन् ।
यसैबीच, पेन्सिलभेनियाको पिट्सबर्गमा आयोजित चुनावी र्यालीमा ओबामाले अश्वेत पुरुष मतदातालाई कमलालाई भोट गर्न अपील गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
काजिपोखरीबाट देखिएको माछापुच्छ्रे हिमाल
पुष १, २०८१ सोमबार
गरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
सोमबार सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
पुष १, २०८१ सोमबार
वसन्तपुर दरबार स्क्वायरमा राष्ट्रिय झण्डा दिवस मनाइयो
पुष १, २०८१ सोमबार