यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार ७:३४:१६
२७ असोज, काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाले आज यी स्थानमा बदली र वर्षाको सम्भावना रहेकोे जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसमी बुलेटिनका अनुसार हाल कोशी, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यम बदली रहनेछ ।
आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
असोज २८ गते सोमबार पनि कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली साथै बाग्मती प्रदेशक र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल
असोज २७, २०८१ आइतबार
प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ
असोज २६, २०८१ शनिबार
आजदेखि नेपालबाट बाहिरियो यस वर्षको मनसुन
असोज २६, २०८१ शनिबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
असोज २६, २०८१ शनिबार
पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका
असोज २६, २०८१ शनिबार
जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल
असोज २७, २०८१ आइतबार
हेटौँडा-काठमाडौँ जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह
असोज २७, २०८१ आइतबार
बन्दीपुरमा पर्यटकको चहलपहल बढ्याे
असोज २७, २०८१ आइतबार
सलमान र शाहरुखको झगडा मिलाउने बाबा सिद्दिकी !
असोज २७, २०८१ आइतबार
जुबिमेन्डीको गोलमा डेनमार्कमाथि स्पेनको जित
असोज २७, २०८१ आइतबार
अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
असोज २७, २०८१ आइतबार