कमला ह्यारिसको स्वास्थ्य परिक्षण रिपोर्ट जारी, ट्रम्पमाथि दबाब
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार ११:१८:५५
२७ असाेज, काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावको क्रममा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आफ्नो स्वास्थ्य परिक्षण रिपोर्ट सार्वजनिक गरेकी छन् । रिपोर्ट अनुसार डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसको स्वास्थ्य अवस्था ‘धेरै राम्रो’ रहेको र उनी राष्ट्रपति पदका लागि पूर्णरुपमा फिट रहेको देखाएको छ ।
कमला ह्यारिसले आफ्नो मेडिकल रेकर्ड जारी गरेपछि, डेमोक्र्याटिक पार्टीले डोनाल्ड ट्रम्पलाई उनको स्वास्थ्य रेकर्ड जारी नगरेकोमा पारदर्शिताको अभावको आरोप लगाएको छ ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार हुन् । कमला ह्यारिसले पनि मेडिकल रेकर्डलाई लिएर ट्रम्पको आलोचना गरेकी छन् । उनले ट्रम्प अमेरिकी जनताले आफू राष्ट्रपति पदका लागि योग्य छन् वा छैनन् भन्ने थाहा पाउन् भन्ने नचाहेको आरोप लगाएकी छन् । ट्रम्पको मेडिकल रेकर्ड खुलासा नगरीकन, उनको टोलीले भने ट्रम्प भने पूर्ण रूपमा ठीक र उत्कृष्ट स्वास्थ्य रहेको बताएको छ ।
यसअघि रिपब्लिकन पार्टीले पनि वर्तमान राष्ट्रपति जो बाइडेनको स्वास्थ्यलाई लिएर हमला गर्दै आएको थियो । डेमोक्र्याटिक पार्टी भित्र पनि बाइडेनको स्वास्थ्यलाई लिएर विरोधको आवाज सुनिएको थियो।
बाइडेनको वर्तमान उमेर ८१ वर्ष र ट्रम्पको उमेर ७८ वर्ष छ । गत जुनमा ट्रम्प र बाइडेनबीचको पहिलो सार्वजनिक बहसपछि अमेरिकी चुनावमा मानसिक स्वास्थ्यको मुद्दा निकै चर्किएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा डेङ्गु संक्रमण उच्च
असोज २७, २०८१ आइतबार
सलमान र शाहरुखको झगडा मिलाउने बाबा सिद्दिकी !
असोज २७, २०८१ आइतबार
अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
असोज २७, २०८१ आइतबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
असोज २६, २०८१ शनिबार
अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
असोज २७, २०८१ आइतबार
उनन्तीस खानेपानी योजना सम्पन्न
असोज २७, २०८१ आइतबार
बङ्गलादेशमा डेङ्गु संक्रमण उच्च
असोज २७, २०८१ आइतबार
जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल
असोज २७, २०८१ आइतबार
यात्रुलाई हेटौँडा-कुलेखानी-काठमाडौं सडक प्रयोग नगर्न प्रहरीको आग्रह
असोज २७, २०८१ आइतबार
बन्दीपुरमा पर्यटकको चहलपहल, अन्य देशको तुलनामा चिनियाँ पर्यटकको सङ्ख्या बढी
असोज २७, २०८१ आइतबार
सलमान र शाहरुखको झगडा मिलाउने बाबा सिद्दिकी !
असोज २७, २०८१ आइतबार