बङ्गलादेशमा डेङ्गु सङ्क्रमयाबाट थप नौ जनाको मृत्यु
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार १३:५३:३२
२७ असोज, काठमाडौं । बङ्गलादेशमा डेङ्गु सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको शनिबार रिपोर्ट गरिएको छ । जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो । जनवरीदेखि हाल सम्म डेङ्गु सङ्क्रमणबाट मृत्युको सङ्ख्या २१० पुगेको जनाइएको छ ।
सेप्टेम्बरमा ८० जनाको मृत्यु भएको तथा चालु महिनामा हालसम्म ४७ जनाको मृत्यु भइसकेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय 'डिजिएचएस' ले जनाएको छ ।
डिजिएचएसका अनुसार गत २४ घण्टामा डेङ्गुको ९१५ वटा नयाँ सङ्क्रमण पुष्टि भएको छ भने यस महिनाको कुल सङ्क्रमण संख्या दश हजार ८७२ पुगेको छ ।
यस वर्ष अहिलेसम्म ४१ हजार ८१० डेङ्गुका घटना दर्ता गरेको डिजिएचएसले जनाएको छ भने थप फैलावट रोक्न, बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टे नियन्त्रण अपरेसनहरू सञ्चालन गर्ने जनाएका छन् ।
बङ्लादेशमा सन् २०२३ मा डेङ्गु सक्रमणबाट एक हजार ७०५ जनाको मृत्यु भएको थियो, जुन अहिलेसम्मको सबैभन्दा उच्च वार्षिक मृत्यु सङ्ख्या हो ।
डेङ्गयु ज्वरो संक्रमित एडिसजातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । डेङ्गु लागेका बिरामीहरूमा टाउको दुख्ने, उच्च ज्वरो आउने, मांसपेशी र जोर्नी दुख्ने, बान्ता हुने जस्ता लक्षणहरू देखा पर्छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिम जोङकी बहिनी देखिइन् सन्तानसँग पहिलो पटक
पुष १९, २०८१ शुक्रबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
न्यु अर्लिन्स आक्रमणप्रति विश्वव्यापी निन्दा र समवेदना
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
एमाले नेता एवं लेखा समिति सभापति पोखरेलका निजी सचिवमाथि पनि ३८ लाख ठगेको आरोप
पुष १९, २०८१ शुक्रबार
बुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म
पुष १९, २०८१ शुक्रबार
धौलागिरि हिमशृङ्खला
पुष १९, २०८१ शुक्रबार
अत्यधिक चिसो बढ्दा जनजीवन प्रभावित
पुष १९, २०८१ शुक्रबार