श्रीलंकामा पुराना हाई प्रोफाइल प्रकरणको पुन: छानबिन हुने
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार १४:३१:४८
२७ असोज, काठमाडौं । श्रीलंकाको नयाँ सरकारले अब केही पुराना हाई-प्रोफाइल मामिलाहरूको छानबिन गर्ने भएको छ । अनुरा कुमारा दिसानायके सरकारले यी घटनाको पुनस् छानबिन गर्न प्रहरीलाई आदेश दिएको हो ।
यी मामिलाहरू मध्ये सबैभन्दा चर्चित २०१९ इस्टर सन्डे आतंककारी हमला र २००५ मा तमिल अल्पसंख्यक समुदायका एक पत्रकारको हत्या समावेश छन् । गत महिना राष्ट्रपति चुनाव जितेको सत्तारुढ नेशनल पिपुल्स पावरले यसअघिका मुद्दाहरूको पुनस् छानबिन गर्ने वाचा गरेको थियो ।
श्रीलङ्का सरकारको यो आदेशपछि प्रहरीले चर्चित प्रकरणहरुको पुनस् छानबिन गर्ने बताएको छ । पुनस् छानबिन गर्नुपर्ने मुद्दाहरूमा २०१५ मा केन्द्रीय बैंकको ऋणपत्र जारी गर्ने कथित घोटाला समावेश छ, जसको लागि तत्कालीन राष्ट्रपति रनिल विक्रमासिंघेको सरकारलाई दोष लगाइएको थियो, र २०१९ इस्टर सन्डेको आतंकवादी हमला जसमा २७० भन्दा बढी मारिएका थिए ।
त्यस्तै सन् २००५ मा तमिल अल्पसंख्यक समुदायका पत्रकार डी शिवरामको हत्या र २००६ मा पूर्वी विश्वविद्यालयका प्रमुख एक तमिल अल्पसंख्यक शिक्षाविद्को अपहरण र बेपत्ता भएको विषय पनि पुनस् छानबिन हुने छ । त्यस्तै सन् २०११ मा उत्तरी राजधानी जाफनाबाट बेपत्ता भएका दुई राजनीतिक दलका कार्यकर्ताको बारेमा पनि पुनस् छानबिन हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
दुर्गम पलाँतामा टेलिकमको टावर सञ्चालन
पुष १, २०८१ सोमबार
पूर्वमेयर सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली
पुष १, २०८१ सोमबार
काजिपोखरीबाट देखिएको माछापुच्छ्रे हिमाल
पुष १, २०८१ सोमबार
गरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार