बाबरसहित चार खेलाडी इङल्याण्डविरुद्धको दोस्रो टेस्टबाट हटाइयो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार १७:२५:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/babar_tnyclOlAfE_FdPdZ6wkYh.jpg)
२७ असोज, काठमाडौं । पाकिस्तानले इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा पूर्व कप्तान बाबर आजमसहित चार खेलाडीलाई टिम बाहिर राखेको छ ।
बोर्डले सार्वजनिक गरेको दोस्रो टेस्ट खेल्ने खेलाडीको सूचीबाट बाबरसहित नसीम शाह, सरफराज अहमद र शाहीन शाह अफ्रिदीलाई बाहिर राखेको हो । त्यस्तै अब्रार अहमद भने डेंगु भएका कारण छनौटका लागि उपलब्ध नभएको बोर्डले जनाएको छ ।
त्यस्तै यी खेलाडीको ठाउमा हासिबुल्लाह, मेहरान मुमताज, कमरान घुलामले पहिलो पटक टेस्ट टिममा स्थान बनाएका छन् भने मोहमद अली र अफ स्पिनर सजिद खानलाई टिममा सामेल गरिएको छ ।
इङल्याण्डविरुद्ध खेल्ने पाकिस्तानको टिमस् शान मसूद 'कप्तान', साउद शकील 'उपकप्तान', आमिर जमाल, अब्दुल्ला शफिक, हसिबुल्लाह 'विकेटकिपर', कामरान गुलाम, मेहरान मुमताज, मिर हमजा, मोहम्मद अली, मोहम्मद हुरैरा, मोहम्मद रिजवान 'विकेटकिपर', नोमान अली, सैम अयुब, साजिद खान, सलमान अली आगा र जाहिद महमूद ।
पाकिस्तान क्रिकेट बोर्डले हालै बनाएको नयाँ छनौट समितिले बाबरसहितका खेलाडीलाई बाहिर राख्ने निर्णय गरेको हो । बाबरले कप्तान पुनस् नियुक्त भएको ६ महिनापछि नै इङल्याण्डविरुद्धको टेस्ट शुरु हुनु अघि कप्तानी छोडेका थिए । बाबरले २०२२ को डिसेम्बर यता टेस्ट क्रिकेटमा अर्धशतक बनाउन सकेका छैनन् ।
इङल्याण्डविरुद्धको पहिलो टेस्ट हारेको पाकिस्तानले दोस्रो टेस्ट अक्टोबर १५ देखि मुल्तानमा खेल्दै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत
फागुन १, २०८१ बिहिबार
दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटअन्तर्गत बैतडी फाइनलमा प्रवेश
माघ ३०, २०८१ बुधबार
बङ्गलादेशी क्रिकेटरलाई भ्रष्टाचारको आरोपमा सबै प्रकारका क्रिकेटबाट प्रतिबन्ध
माघ ३०, २०८१ बुधबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार