महिला टी २० विश्वकपमा इङल्याण्डद्धारा स्कटल्याण्ड पराजित
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार २०:४०:२९
२७ असोज, काठमाडौं । जारी आइसीसी महिला टी - २० विश्वकप अन्तर्गत इङल्याण्डले स्कटल्याण्डलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा इङल्याण्डले स्कटल्याण्डलाई १० विकेटले पराजित गरेको हो ।
स्कटल्याण्डले दिएको ११० रनको लक्ष्य पछाएको इङल्याण्डले १० ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनाएको थियो ।
यो जितपछि समुह बी मा इङल्याण्डले लगातार तेस्रो जित हासिल गरेको छ र ६ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै स्कटल्याण्डले भने लगातार चौथो हार बेहोर्दै सेमिफाइनलको दौडबाट बाहिरिएको छ । समुह बी बाट बंगलादेशपनि ४ खेलमा २ अंक हासिल गर्दै चौथो स्थानमा रहेर सेमीफाइनलको दौडबाट बाहिरिएको छ ।
अब इङल्याण्डले समुह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजसँग मंगलबार खेल्ने तालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार