तेस्रो चरणको क्लोज क्याम्पका लागि महिला यू-१९ का १८ खेलाडी छनौट
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार ११:२०:५७
२८ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने खेलाडी चयन गर्न तेस्रो चरणको क्याम्पका लागि १८ खेलाडी छनौट गरेको छ ।
अन्तिम टिम छनौट गर्नुअघि १८ खेलाडीलाई तेस्रो चरणको क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिने क्यानले जनाएको छ । तेस्रो चरणको क्लोज क्याम्प बुधबारदेखि भैरहवामा हुने क्यानले जानकारी दिएको छ ।
तेस्रो चरणको क्याम्पका लागि छनौट भएका खेलाडीमा सोनी पाख्रिन, मनिषा उपाध्याय, क्रिश्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, रन्जु श्रेष्ठ, किरण कुमारी कुँवर, त्रिशना बिक, रिया शर्मा, अलिशा कुमारी यादव, भवानी कामति, पुजा महतो, कुसुम गोदार, सीमाना केसी, ज्योत्स्निका मरासिनी, रचना चौधरी र आश्मा पुलामी मगर रहेका छन् ।
यस अघि दोस्रो चरणको क्याम्पमा समावेश गरिएका सुष्मिता भुसाल र प्रतिमा शाहलाई तेस्रो क्याम्पबाट बाहिर राखिएको छ ।
२०२५ मा हुने महिला यू-१९ विश्वकपका लागि एशिया क्वालिफायरमा नेपालसहित कुवेत, थाइल्याण्ड र युएई खेल्दै छन् । क्वालिफायरमा शीर्ष स्थानमा रहने देश विश्वकपका लागि छनौट हुने छ । एशिया क्वालिफायर खेल नोभेम्बर ६ देखि दुबईमा हुँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार