निजी कम्पनीको खर्चमा परराष्ट्रका एक दर्जन कर्मचारी यूरोप भ्रमणमा
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार ११:२९:१६
२८ असोज, काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीले फ्रान्सको आईडीईएमआईको स्पोन्सरमा यूरोप भ्रमण गरेका छन् । मन्त्रालय उच्च स्रोतले दिएको जानकारी अनुसार असोज ७ गते परराष्ट्र मन्त्रालयका कर्मचारीलाई सो कम्पनीले यूरोप पुर्याएको थियो ।
यसरी निजी कम्पनीको खर्चमा यूरोप जानेमा राहदानी विभागका कर्मचारीहरू म्युनिक आचार्य, नगेन्द्रबरसिंह थापा, रामकुमार श्रेष्ठ, सुवास मगर, प्रतिमा भुसाल, पुष्करराज नेपाल, मनोजकुमार सिंह, विवेक रिजाल, प्रतिकराज जोशी, कृष्णप्रसाद चापागाईँ, कुञ्जन शाह लगायतका छन् । उनीहरू असोज ७ अर्थात् २३ सेप्टेम्बरमा काठमाडौंबाट भिस्तारा एयरवेजबाट भारतको नयाँ दिल्ली, त्यहाँबाट फ्रान्सको पेरिस हुँदै चेक रिपब्लिक पुगेर उनीहरू फर्किएका थिए ।
ई–पासपोर्टको नयाँ टेण्डर आह्वान गर्ने बेलामा उनीहरुलाई यूरोप भ्रमण गराउनु रहस्यमय भएको विभागकै एक कर्मचारीले भने । ‘टेन्डर डकुमेन्ट तयारी भइरहेको बेला टेन्डरमा सहभागी हुने एउटा कम्पनीको भ्रमणमा कर्मचारीमात्र होइन विभागका महानिर्देशक तथा अन्य उच्चपदस्थहरू यसअघि बैंकक, फिलिपिन्स भ्रमण गरेर फर्किएका छन्’, स्रोतले भन्यो ।
करिब पन्ध्र वर्षदेखि नेपालको पासपोर्ट छपाइमा एकछत्र राज गर्दै आएको आईडीईएमआईले नयाँ टेन्डर पनि लिनका लागि कर्मचारीलाई प्रभावित पार्न यूरोप घुमाएको स्रोतको दावी छ । यसअघि नै टेन्डरभन्दा पनि भेरियसनबाट धेरै छपाइ गरेर नाफा बढाएको कम्पनीले नयाँ टेन्डर हत्याउनका लागि हरसम्भव प्रयास गरिरहेको विभागका एक कर्मचारीले भने ।
टेन्डर डकुमेन्ट तयारीकै क्रममा विभागमा कार्यरत एक दर्जन कर्मचारी आईडीईएमआईकै स्पोन्सरमा युरोप भ्रमण गरेर आएपछि थप शंका बढेको स्रोतले जनाएको छ । अहिलेको छपाइको जिम्मा पाएपनि पछिका लागि प्रतिस्पर्धी कम्पनी भएकाले यस्तो कम्पनीको खर्चमा कर्मचारीहरू विदेश भ्रमणमा जान नहुने दावी गरेपनि विभागका कर्मचारीले वेवास्ता गरेका छन् । टेण्डर डकुमेन्ट तयारीमा प्रभावशाली भूमिकामा रहनेहरू नै आईडीईएमआईको लगानीमा युरोप भ्रमण गरेर नेपाल आएपछि उनीहरू नै टेण्डरको तयारीमा लागेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
‘कला, संस्कृति र इतिहासको अभिलेख राख्न जरुरी’
पुष १५, २०८१ सोमबार
परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदारमात्रै बनायोः महासचिव पोखरेल
पुष १५, २०८१ सोमबार
हिउँ जमेपछि कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध, यात्रु सडकमै अलपत्र
पुष १५, २०८१ सोमबार
काठमाडौंको टुडिँखेलमा तमु ल्होसार (फोटो फिचर)
पुष १५, २०८१ सोमबार
फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई
पुष १५, २०८१ सोमबार