मीनबहादुर गुरूङबाट पार्टी कार्यालय बनाउन सहयोग लिने विषयको एमालेभित्र विरोध, आत्मघाती हुने चेतावनी

नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार १३:२२:१८

२८ असोज, काठमाडौं । नेकपा एमालेले भाटभटेनीका संचालक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा र सहयोग लिएको विषयको पार्टी भित्र विरोध शुरु भएको छ ।
एमालेकी केन्द्रीय सदस्य विन्दा पाण्डेले यस घटनालाई पार्टीका पाँच लाख सदस्यको शिर झुकाउने कदम भएको टिप्पणी गर्दै पार्टीलाई मत दिने २८ लाख मतदाताको अपमान समेत भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा लेख्दै समय घर्किनसकेको भन्दै अझैपनि उक्त निर्णय फिर्ता लिन पार्टी नेतृत्वलाई आग्रह गरेकी छन् ।
उनले लेखेकी छिन्, 'साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो । व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो । तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै ग़लत हो । दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्विकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दिर्घकालमा आत्मघाती सावित हुनेछ । समय घर्की सकेको छैन । मनमोहन र मदनहरुले उचो बनाएको पार्टीको इतिहास, वर्तमानमा वाचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततीका लागि एमालेको गौरव जोगाउने हो भने यो ग़लत निर्णय सच्याउनै पर्छ । समयमै सोचौ ।'
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोलिटब्युरो सदस्य सापकोटाको निधनपछि एकीकृत समाजवादीको बैठक स्थगित
फागुन ८, २०८१ बिहिबार
संविधानसभा सदस्य सापकोटाको निधन
फागुन ८, २०८१ बिहिबार
‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई
फागुन ७, २०८१ बुधबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
हात्तीवन क्षेत्रमा हिजो साँझबाट लागेको डढेलो नियन्त्रणको प्रयास गर्दै: फोटोफिचर
फागुन ८, २०८१ बिहिबार
नेपालमा पहिलो पटक विद्यालयस्तरीय ह्याकाथुन प्रतियोगिता सम्पन्न
फागुन ८, २०८१ बिहिबार
जुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
फागुन ८, २०८१ बिहिबार
युएसआईडीको पैसा धर्म प्रचारमा प्रयोग गरेका छैनौं : मह जोडी
फागुन ८, २०८१ बिहिबार
दिल्लीमा चौथो महिला मुख्यमन्त्रीको शपथ लिँदै रेखा गुप्ता
फागुन ८, २०८१ बिहिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार