महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको घोषणा
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार १४:४३:३
२८ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । एन्फाले सोमबार २३ सदस्यीय टिमको घोषणा गरेको हो ।
साफ महिला फुटबल च्याम्पियनसिप आगामी विहिबारदेखि काठमाडौँमा हुँदै छ । यस प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटान सहभागी हुँदै छन् । नेपाल समुह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ भने समुह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् ।
प्रतियोगिताको पहिलो खेल विहिबार भारत र पाकिस्तानबीच हुँदै छ । नेपालले भने शुक्रबार पहिलो खेलमा भुटानको सामना गर्दै छ ।
नेपालले यसअघिका सबै छ साफ च्याम्पियनसिपमा भाग लिएपनि अहिलेसम्म उपाधि जितेको छैन । नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ । अहिलेसम्म भारतले प्रतियोगिताको पाँच पटक उपाधि जितेको छ भने एक पटक बंगलादेशले उपाधि जितेको छ ।
एन्फाले घोषणा गरेको टिम:
गोलकिपर:
अन्जिला तुम्बापो सुब्बा (सी), अञ्जना राना मगर र उषा नाथ ।
डिफेन्डर:
गीता राणा, अमृता जैसी, समिच्छ घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक, हिरा कुमारी भुजेल र सजनी थोकर ।
मिडफिल्डर :
रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की र विमला चौधरी ।
फरवार्ड :
रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण
पुष १३, २०८१ शनिबार
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार
पुष १३, २०८१ शनिबार
ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै
पुष १३, २०८१ शनिबार
१३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्पको पराकम्प
पुष १३, २०८१ शनिबार
कर्णाली नदीमा डोजर पल्टिँदा सहचालक बेपत्ता, चालकको उद्धार
पुष १३, २०८१ शनिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १३, २०८१ शनिबार