खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गरिने
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार १५:३४:२६
२९ असोज, काठमाडौं । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढीपहिरो, डुबानजस्ता विपद्बाट खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड 'केयुकेएल' ले जनाएको छ ।
विपद्का कारण बाटो बिग्रिएको, पहिरोले पानीको मुहानसम्म पुग्न नसकिएको लगायतका कारण क्षतिबारे तत्काल अध्ययन गर्न असहज भएको केयुकेयलका प्रवक्ता प्रकाशकुमार राईले बताए ।
प्रवक्ता राईका अनुसार बाटो मर्मत भएपछि अध्ययन गरिनेछ । “पहिरोको कारण अधिकांश स्थानमा खानेपानीको मुहान पुरिएकाले समस्या भएको छ । वर्षाका कारण फर्पिङ हेन्ड पोष्टदेखि फर्पिङ पम्पहाउससम्म आउने ‘पेनस्टक पाइप’ र ललितपुरको नल्लुबाट चापागाउँ पानीपोखरीसम्म आउने पाइपमा धेरै क्षति पुगेकाले विशेषगरी ललितपुरमा पानीको समस्या छ,” उनले भने, “धेरै ठाउँमा खानेपानीको स्रोत पुरिएको छ, मर्मतका लागि जाने बाटो छैन त्यसैले आयोजना मर्मतका लागि समय लाग्छ ।”
उनका अनुसार ललितपुरको खुमलटार क्षेत्रमा भने सुन्दरीजलको पानी ल्याएर वितरण भइरहेको छ । राईले भने, “आयोजना मर्मतका लागि हामी संङ्घीय सरकारसँग पनि समन्वय गरेर अगाडि बढ्ने छौँ ।” खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले खानेपानीको व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न आयोजना मर्मत तत्काल सुरु गर्न अनुरोध गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ
पुष ७, २०८१ आइतबार
नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार