हुम्लीलाई अन्नबाली भित्र्याउने चटारो
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार १५:३७:३०
२८ असोज, सिमकोट, 'हुम्ला' । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट तीन दिनदेखि सुनसान छ । बडादशैंमा गाउँ फर्केकाहरु टीका सकिए पनि सदरमुकाम फर्किन बाँकी रहेकाले सुनसान भएको हो ।
दशैंमा पहिलो पटक सिमकोट बजार यति धेरै सुनसान देखिएको स्थानीय व्यापारी बताउँछन् । सदरमुकाममा तल्लो र माथिल्लो गाउँका केही सर्वसाधारण मात्रै भेटिने गरेका छन् । बजारका व्यवसायी, कर्मचारी, शिक्षक र विद्यार्थी दशैं मनाउन घर गएका छन् ।
दशैंमा खुलेका पसलमा पनि ग्राहक नआएको सदरमुकाममा पसल गर्दै आएका नरेन्द्र भण्डारीले बताए । सदरमुकाम सुनसान हुनुको कारण स्थानीयलाई कात्तिकमा पाक्ने अन्नबाली भित्र्याउने चटारो रहेको स्थानीय मुकुन्द रोकायाले बताए ।
६ महिनाको लगानी खेर जाने चिन्ताले पनि दशैंभन्दा कामलाई बढी प्राथमिकता दिँदा दशैंले नछोएको रोकायाको भनाइ छ । “अहिले खेतमा पाकेको फल 'तुल' घर नभित्र्याए हिउँदको छ महिना कसरी घर गुजारा गर्ने”, उनले भने ।
अष्टमीको दिन दशैं मनाएर हिउँदमा पशुपक्षीका लागि घाँसको बन्दोबस्त गर्न र अन्नबाली भित्र्याउन व्यस्त भएको सिमकोट गाउँपालिका–२ बदुम बोहराले बताए । यहाँका गाउँमा चिनो, कागुनो, कोदो, सिमी पाकेकाले भित्र्याउन स्थानीयवासी व्यस्त भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभेडेटारको कोसेली हरियो सागसब्जी, व्यापारीलाई बिक्री गर्न भ्याइनभ्याइ
असोज २८, २०८१ सोमबार
जुम्लामा दशैंको समयमा मात्रै १६ करोड बढीकाे भेडा तथा खसीबोकाको कारोबार
असोज २८, २०८१ सोमबार
चितवनमा टीका लगाउन आउनेलाई दूध, दही र मोही
असोज २७, २०८१ आइतबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार
डडेल्धुरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय भण्डारी पक्राउ
असोज २७, २०८१ आइतबार
नेपालविरुद्ध टी-२० सिरिज खेल्ने अमेरिकी टिमको घोषणा
असोज २८, २०८१ सोमबार
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिका र बेलायतका तीन वैज्ञानिकलाई प्रदान
असोज २८, २०८१ सोमबार
पर्यटकलाई लक्षित गरी नयाँ प्रविधिबाट सुपा देउराली पुग्ने सडकको विस्तार
असोज २८, २०८१ सोमबार
भेडेटारको कोसेली हरियो सागसब्जी, व्यापारीलाई बिक्री गर्न भ्याइनभ्याइ
असोज २८, २०८१ सोमबार
दशैं बजारमा तीन करोडको कारोबार
असोज २८, २०८१ सोमबार
नक्कली घुमुवा प्रहरी लागुऔषधसहित पक्राउ
असोज २८, २०८१ सोमबार
बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु
असोज २८, २०८१ सोमबार