नक्कली घुमुवा प्रहरी लागुऔषधसहित पक्राउ
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार १६:५२:१२
२८ असोज, रौतहट । रौतहट जिल्लाको परोहा नगरपालिका वडा नम्बर २ स्थित लालबकैया पुल नजिकबाट प्रहरीले नक्कली घुमुबा प्रहरी भन्ने एक जनालाइ लागु औषध सहित पक्राउ गरेको छ।
प्रहरीको घुमुबा हु भन्दै सर्ब साधारण व्यक्तिलाइ चेकजाच गरी रकम असुल्ने गरेको सुचनाको आधारमा अस्थायी प्रहरी पोस्ट जिगडबा रौतहटबाट खटी गएको गस्ती टोलीले नक्कली घुमुबा प्रहरी भन्नेलाइ लागु औषध सहित पक्राउ गरेको हो ।
आइतवार राती साढे नौ बजेको समयमा प्रहरीले चेकजाच गर्ने क्रममा स्थानीय परोहा नगरपालिका २ निवासी रामअवतार वैठाको छोरा वर्ष ३५ को सुनिल कुमार वैठालाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले जानकारी दिएका छन्। प्रहरीले पक्राउ परेका बैठाले म प्रहरीको घुमुवा हुँ भन्दै सर्वसाधरणहरुसँग रकम असुल गर्न खोज्नुका साथै बिभिन्न व्यक्तिहरुको जिउ खानतलासी समेत गर्दै गरेको दाबी गरेका छन्।
लालबकैया पुल स्थित शंका लागी रोकी निजको शरीर तथा झोला चेकजाच गर्दा उक्त झोला भित्र नगद रु१७,९३५।(, नाईट्रोभेट ट्याब्लेट १० पिस, प्र२(०३(०१९प९५३७ नं।को मो।सा।थान १, २२ पुरिया ला।औ।गाँजा ९२०० ग्राम०, मोबाईल थान १ र अयअबक म्ह् १ बोतल फेला परेकोले निजलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरी उपरिक्षक रायले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
साइबर अपराधको कसुरमा शोभा पाठक पक्राउ
पुष १, २०८१ सोमबार
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार