अब प्रधानमन्त्री बन्ने छैनन् विश्वविद्यालयको कुलपति, स्थापना र सञ्चालनको व्यवस्था नै फेरियो
नेपालबहस संवाददाता
असोज २९, २०८१ मंगलबार १२:२५:२
२९ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेपछि यसको नेतृत्व र सञ्चालनका विषयमा चर्चा परिचर्चा सुरु भएको छ । संघीय दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि उक्त विधेयक पेश भएको थियो । पेश भएको विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।
यो विधेयक प्रमाणीकरण भएपछि प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्थामा परिवर्तन हुने छ भने शिक्षाविद्, प्राज्ञिक व्यक्ति, उद्योगपति, किसान, दाता र पूर्वप्रशासक जोकोही पनि अब कुलपति चयन हुनसक्ने बाटो खुलेको छ । अहिले चलिरहेको अभ्यासभन्दा भिन्न तरिकाबाट नेपाल विश्वविद्यालय स्थापना हुने विधेयक राष्ट्रपतिले गत बुधबार प्रमाणीकरण गरेका थिए ।
यो विधेयकमा भएको व्यवस्थाअनुसार अहिले सञ्चानमा रहेका विश्वविद्यालयमा सर्वोच्च निकायका रुपमा सभा रहने र त्यसको अध्यक्षता कुलपतिका रुपमा प्रधानमन्त्रीले गर्ने ठाउँमा अब सर्वोच्च निकायका रुपमा संरक्षक परिषद् रहने छ । कुलपति संरक्षक परिषद्का सदस्यबाट चयन गरिनेछ । विश्वविद्यालयको कुनै पनि निकायमा प्रधानमन्त्री, मन्त्री रहने व्यवस्था यो विधेयकले गरेको छैन् ।
प्राज्ञिक व्यक्तिकै नेतृत्वमा संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टि) मोडलमा उक्त विश्वविद्यालय स्थापना र सञ्चालन हुनेछ । शैक्षिक विकासका क्षेत्रमा उत्कृष्ट योगदान पूर्याएका शिक्षाविद्, नेपाल विश्वविद्यालय स्थापना वा सञ्चालनमा योगदान पुर्याएका प्राज्ञिक व्यक्ति, उद्योगपति, रोजगारदाता र किसान एकएक जना, दाता र सर्वाजनिक प्रशासन, व्यवस्थापन, प्राज्ञिक अनुसन्धानको क्षेत्रमा योगदान गरेका व्यक्ति परिषद्का सदस्य मानोनित हुनेछन् । उनीहरू मध्येबाट परिषद्ले कुलपति चयन गर्नेछ । कुलपतिको कार्यकाल ४ वर्षको मात्र हुनेछ् ।
उपकुलपति, शिक्षा मन्त्रालय सचिव, विश्वविद्यालय अनुदान अयोगका सचिव, प्रदेशस्थित शिक्षा हेर्ने मन्त्रालयका सचिव, विश्वविद्यालय रहेका स्थानीय तहको प्रमुख र रजिष्ट्रार संरक्षक सदस्यको सदस्य रहनेछन् । उपकुलपति र रजिष्ट्रारको नियुक्ति खुल्ला प्रतिस्पर्धाको आधारमा हुने प्रमाणिकरण भएको विधेयकमा उल्लेख छ । परिषद्का सस्दयको संयोजकत्वमा गठित उपकुलपति छनोट तथा सिफारिस समितिले योग्य उम्मेदवारबाट दरखास्त आह्वान गर्नुपर्ने व्यवस्था गरिएको छ । सिफारिसको आधारमा परिषद्ले १५ दिनभित्र उपकुलपति र रजिष्ट्रार नियुक्ति गरिसक्नुपर्छ ।
विद्यावारिधि सकेर १५ वर्षको प्राज्ञिक अनुभव भई ३५ वर्ष उमेर भएको व्यक्ति अब उपकुलपति बन्न सक्नेछ । साबिकका विश्वविद्यालयमा जस्तै कार्यकारी प्रमुखको हैसियतमा कार्यसम्पादन गर्न उपकुलपति रहने व्यवस्था गरिएको हो । ४ वर्षे कार्यकाल उपकुलपति पुनः नियुक्त हुन नसक्ने व्यवस्था गरिएको छ । स्नातकोत्तर गरेको, शैक्षिक प्रशासन र प्राज्ञिक क्षेत्रमा १० वर्षको अनुभव प्राप्त व्यक्ति रजिष्ट्रार हुन सक्नेछन् । सिफारिस समितिको सिफारिसको आधारमा कुलपतिले रजिष्ट्रारको नियुक्ति गर्नेछन् ।
विश्विद्यालयले शैक्षिक कार्यक्रम सञ्चालनका लागि विषयअनुसार स्कुलहरू सञ्चालन गर्नेछ । स्कुलमा डिन रहनेछन् । त्यस्तै अनुसन्धान केन्द्रका प्रमुखमा निर्देशक रहने व्यवस्था गरिएको छ । अध्यापक, अनुसन्धान कर्ता र कर्मचारी विश्वविद्यालयले नियुक्त गर्नेछ । विश्वविद्यालयले सम्बन्धन भने वितरण गर्ने छैन । अन्तरविधात्मक अवधारण (लिबरल आर्टस) मा आधारित बहुविधागत विश्वविद्यालय स्थापना गर्ने जनाइएको छ ।
पदीय जिम्मेवारी पूरा नगरे, आचरणअनुसार काम नभए, विश्वविद्यालय हित विपरीत काम गरे कुलपति, उपकुलपति र रजिष्ट्रारलाई हटाउन सकिने समेत पारित विधेयकमा उल्लेख छ । उनीहरू विरुद्ध ती आरोपमा कम्तिमा ३ जना सदस्यले लिखित निवेदन दिए छानविन समिति गठन गर्नुपर्नेछ । समितिले कारवाहीका लागि सिफारिस गरे बहुमत सदस्यले कुलपति, उपकुलपति र रजिष्ट्रारलाई पदबाट हटाउन सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिविका परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने
असोज ८, २०८१ मंगलबार
बेलायतमा स्नातकोत्तर तह अध्ययन गर्न १३ नेपालीलाई छात्रवृत्ति
असोज ३, २०८१ बिहिबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
कात्तिक १८, २०८१ आइतबार
मंगलबारदेखि क्रमिकरुपमा मौसममा सुधार हुँदै जाने
कात्तिक १८, २०८१ आइतबार
युवक बेपत्ता घटनामा एकजना पक्राउ
कात्तिक १९, २०८१ सोमबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ सय करोड क्लबमा
कात्तिक १९, २०८१ सोमबार
खाम्बाजेनबाट देखिएको कुम्भकर्ण
कात्तिक १९, २०८१ सोमबार
काठमाडौं उपत्यकामा मध्याह्न वर्षा
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
भिजिबिलिटी कमजोर, दुर्गम क्षेत्रको उडान प्रभावित
कात्तिक १९, २०८१ सोमबार