अवैध लागूऔषधसहित तीन जना पक्राउ
नेपालबहस संवाददाता
असोज २९, २०८१ मंगलबार १३:४९:१५
२९ असोज, काठमाडौं । प्रहरीले अवैध लागूऔषध सहित तीन जनालाई पक्राउ गरको छ ।
जसमा दार्चुला, महाकाली नगरपालिका-४ राधाकृष्ण चोकस्थित पारस वियर बार एण्ड फाष्ट फुड होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ५३ ग्राम ४० मिलिग्राम, डिजिटल तराजु १ थान र मोबाइल १ थान सहित होटल संचालक दुहुँ गाउँपालिका-२ हिकिला बस्ने ४४ वर्षीय कलम सिंह डडाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा चरेशको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
त्यस्तै दाङ, घोराही उपमहानगरपालिका-१४ तिनकुने चोक बस्ने २० वर्षीय सरोज सुनारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ८० मिलिग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही उपमहानगरपालिका-१४ पुष्पाञ्जली टोल बस्ने ३० वर्षीया मन कुमारी सुनारसँग खरिद गरी ल्याएको भन्ने खुल्न आएपश्चात उनको घर तलासी गर्दा नगद १ लाख १३ हजार १ सय ६० रूपैयाँ फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
१७ वर्षकी बालिका बलात्कार आरोपमा पक्राउ परेका पूर्वमेयरलाई चार दिन हिरासतमा राखिने
मंसिर २५, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार