आजदेखि बैतडीमा पन्ज्युनयाँ क्रिकेट लिग सुरु
नेपालबहस संवाददाता
असोज २९, २०८१ मंगलबार १४:५८:४
२९ असोज, बैतडी । तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिग आजदेखि यहाँ प्रारम्भ भएको छ । सुशितम युवा क्लब र दोगडाकेदार गाउँपालिकाद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरे ।
उन्नाइस टोलीको सहभागिता रहेको उक्त प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री भण्डारीले खेलकुदका साथै सामाजिक विकासका अन्य क्षेत्रमा तीनवटै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए ।
खेलकुदको माध्यमबाट पनि देशको गरिमा बढाउन मद्दत पुग्ने भएकाले ग्रामीण क्षेत्रमा हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा बल मिल्ने मन्त्री भण्डारीले बताए ।
दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले सङ्घीय संरचना बलियो बनाउन स्थानीय तह सबल हुनुपर्छ भने । ‘एक वडा एक खेल मैदान’ निर्माणको अवधारणा पालिकाले अघि सारेको बताउँदै अध्यक्ष कार्कीले बजेट अभावमा त्यसले पूर्णता पाउन नसकेको दुखेसो गरे ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु एक लाख ५५ हजार ५५५ सहित शिल्ड र पदक पाउनेछ भने उपविजेता टोलीले नगद रु ५५ हजार ५५५ पदक र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यसैगरी, सेमिफाइनलबाट बाहिरिने टोलीहरूलाई सान्त्वनास्वरूप रु १० हजार, सर्वोत्कृष्ट खेलाडीलाई रु ११ हजार १११, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई रु सात हजार ७७७, उदीयमान खेलाडीलाई रु तीन हजार ३३३ र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई रु एक हजार १११ प्रदान गरिने क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेस्ट क्रिकेटको डेभ्यु खेलमा घुलामको डेभ्यु खेलमा शतक प्रहार
असोज २९, २०८१ मंगलबार
बाबरलाई समर्थन गरेका फखर जमानलाई सोधियो स्पष्टीकरण
असोज २९, २०८१ मंगलबार
खेल्ने टी-२० सिरिजको तयारीका लागि अमेरिकामा प्रशिक्षणमा व्यस्त नेपाली क्रिकेट टिम
असोज २९, २०८१ मंगलबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार
अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार
दक्षिणी लेबनानमा रहेको शान्ति सेनामाथि आक्रमण गरी इजरायलले निन्दनीय काम गर्योः नेपाल
असोज २९, २०८१ मंगलबार
मिर्गौला चिरिएका युवकको नेपाल मेडिकल कलजले बचायो ज्यान
असोज २९, २०८१ मंगलबार
खोटाङको कुबिन्डे केन्द्रबिन्दु भएर भूकम्प
असोज २९, २०८१ मंगलबार
मौसम प्रतिकूलताका कारण लुक्लामा दुई दिनदेखि उडान ठप्प
असोज २९, २०८१ मंगलबार
भारतमा आज पाँच विमानमा बमको धम्की
असोज २९, २०८१ मंगलबार
देशको विदेशी मुद्रा सञ्चिति २१ खर्ब ५२ अर्ब पुग्यो
असोज २९, २०८१ मंगलबार
भारतको महाराष्ट्र र झारखण्डको विधानसभाको चुनाव मिति घोषणा
असोज २९, २०८१ मंगलबार
एम्बाप्पेमाथि स्विडेनमा बलात्कारको आरोप !
असोज २९, २०८१ मंगलबार
काठमाडौं महानगरमा २०८० को जग्गाको मूल्याङ्कन दरलाई आधार मानेर सम्पत्ति कर लिइने
असोज २९, २०८१ मंगलबार