वैशाखमा जेलबाट रिहा भएका परियार मान्छेको टाउको काटेको अभियोगमा फेरी पक्राउ
दीपक शर्मा
असोज २९, २०८१ मंगलबार १५:४२:२७
२९ असोज बाँके । घाटी काटेर फरार भएका एक व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । दशैको टिन अर्थात असोज २६ गते राती बाँकेको कोहलपुर नगरपालिका ८ बंगला चोकस्थित भित्री सडकदेखी भित्रपट्टि कच्चि बाटोमा चन्द्रबहादुर कामीको हत्या भएको थियो ।
टाउको नभएको अवस्थामा ४० वर्षीय चन्द्रबहादुर कामीको शव फेला परेको थियो । उनको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेले रोल्पा घर भएका २४ वर्षीय अनिल परियारलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार अनिललाई प्रहरीले बाँकेको राप्तीसोनारी गाउँपालिका १ तीनघारी टोलस्थित भौवा नाका क्षेत्रबाट मंगलबार बिहान पक्राउ गरेको हो । उनि त्यहा बाट जंगलको बाटो हुदै भारततर्फ जाने तयारीमा रहेका थिए । स्थानियको घरमा शौचालयमा लुकेर वसेका अनिललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
असोज २७ गते बिहान झन्डै १ बजेतिर कोहलपुर (८ बंगलाचोकस्थित कच्ची सडकमा चन्द्रबहादुरको शरीर फेला परेको थियो । तर उनको टाउको भने फेला परेको थिएन । शव फेला परेपछि अनुसन्धानकै क्रममा सोमबार चन्द्रबहादुरको टाउको फेला परेको थियो ।
घटनास्थलबाट झन्डै ५ सय मिटर पर कोहलपुर (८ पिपिरीस्थित आरोपी अनिलकै बहिनीको घरको सेप्टिक ट्यांकीमा टाउको फेला परेको थियो । उक्त ट्यांकीबाट घटनामा प्रयोग भएको हतियारसमेत फेला परेको थियो ।
मृतक र आरोपीबीच के कारणले विवाद भएको भन्ने खुलिसकेको छैन । उनीहरूबीच पुरानो चिनजान समेत नभएको खुलेको छ । पक्राउ परेका आरोपी अनिल वैशाखमा मात्रै जेलबाट रिहा भएका थिए । इलाका प्रहरी कार्यालय कोहलपुरबाट उनीमाथि बलात्कार मुद्दा चलेको थियो । दोषी ठहर भइ वैशाखमा मात्रै जेलबाट उनी रिहा भएका थिए ।
दीपक शर्मा
विगत लामो समयदेखि पत्रकारितामा सक्रिय शर्मा बर्दियाबाट नेपालबहस डटकमका लागि रिर्पोटिङ गर्छन् ।
लेखकबाट थपनेपाल बैंकका तत्कालीन उपप्रबन्धक श्रेष्ठ पक्राउ
मंसिर ३०, २०८१ आइतबार
७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
सरकारले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलगायत ३५ जनालाई सम्मान गर्ने
पुष १, २०८१ सोमबार
पचास हजार भक्तजनले गरे दुप्चेश्वर दर्शन
पुष १, २०८१ सोमबार
कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैनः महासचिव पोखरेल
पुष १, २०८१ सोमबार