तीन सय ८६ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि
नेपालबहस संवाददाता
असोज २९, २०८१ मंगलबार १७:५४:५५
२९ असोज, चितवन । यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । साउनयता दुई हजार १४४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये एक सय ९६ जना चितवनका र एक सय ९० जना जिल्लाभन्दा बाहिरका रहेका जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जानकारी दिए । संक्रमितमध्ये सो अवधिमा एक जनाको मृत्यु भएको उनले बताए ।
जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा संक्रमित देखिएका छन् । पट्टेलका अनुसार भरतपुर महानगरपालिकामा ९०, रत्ननगरमा ३३, राप्तीमा २०, खैरहनीमा १७, कालिका नगरपालिकामा ११ र माडी नगरपालिकामा सात तथा ईच्छाकामना गाउँपालिकामा १८ जनामा संक्रमण देखिएको छ ।
स्क्रब टाइफस ओरिएन्टा सुसुगामुसी नामक जीवाणुबाट हुने संक्रामक रोग हो । साधारणतया यो जीवाणुले मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाइने किर्ना ९माइट्स० लाई संक्रमण गर्छ । सोही सङ्क्रमित किर्ना मुसालगायत अन्य जनावरका शरीरमा बस्छन् । संक्रमित किर्नाले टोकेको मुसा वा जनावर मानिसको सम्पर्कमा आएर शरीरमा टाँसिए वा टोकेमा स्क्रब टाइफस सर्ने गरेको चिकित्सकहरू बताउँछन् ।
यो रोगबाट संक्रमित मानिसमा उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, पखाला लाग्ने, श्वास फेर्न गाह्रो हुने, टाउको, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा देखिने र टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने जनस्वास्थ्य अधिकृत पट्टेलले बताए । यस रोगको संक्रमणबाट जोगिन झाडीमा नजाने, शरीर ढाक्ने गरी लामो कपडा लगाउने, मुसा तथा संक्रमित जनावरसँग टाण रहने जस्ता सावधानी अपनाउन उनले आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँमा भाइरल ज्वरो तथा डेङ्गुका बिरामी बढ्दा अस्पतालमा शय्याको अभाव
असोज २७, २०८१ आइतबार
आइभोरी कोस्टमा प्रतिदिन ६ हजार व्यक्तिको धुम्रपानका कारण मृत्यु हुन्छ
असोज २६, २०८१ शनिबार
प्रत्येक वर्ष बच्चाको आँखा जचाउन तिलगङ्गा आँखा प्रतिष्ठानको आग्रह
असोज २५, २०८१ शुक्रबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार
अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार
दक्षिणी लेबनानमा रहेको शान्ति सेनामाथि आक्रमण गरी इजरायलले निन्दनीय काम गर्योः नेपाल
असोज २९, २०८१ मंगलबार
मिर्गौला चिरिएका युवकको नेपाल मेडिकल कलजले बचायो ज्यान
असोज २९, २०८१ मंगलबार
खोटाङको कुबिन्डे केन्द्रबिन्दु भएर भूकम्प
असोज २९, २०८१ मंगलबार
देशको विदेशी मुद्रा सञ्चिति २१ खर्ब ५२ अर्ब पुग्यो
असोज २९, २०८१ मंगलबार
भारतको महाराष्ट्र र झारखण्डको विधानसभाको चुनाव मिति घोषणा
असोज २९, २०८१ मंगलबार
एम्बाप्पेमाथि स्विडेनमा बलात्कारको आरोप !
असोज २९, २०८१ मंगलबार
काठमाडौं महानगरमा २०८० को जग्गाको मूल्याङ्कन दरलाई आधार मानेर सम्पत्ति कर लिइने
असोज २९, २०८१ मंगलबार
तीन सय ८६ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि
असोज २९, २०८१ मंगलबार
खर्च कम गर्न भन्दै माल्दिभ्सका राष्ट्रपतिले ५० मन्त्री हटाए
असोज २९, २०८१ मंगलबार