एम्बाप्पेमाथि स्विडेनमा बलात्कारको आरोप !
नेपालबहस संवाददाता
असोज २९, २०८१ मंगलबार १८:५३:३६
२९ असोज, काठमाडौं । रियल म्याड्रिडका फ्रेन्च स्ट्राइकर किलीयन एम्बाप्पेमाथि बलात्कारको आरोप लागेको छ ।
रिपोर्टका अनुसार हालै स्विडेन पुगेका एम्बाप्पेमाथि स्टकहोल्मस्थित होटलमा युवतीलाई बलात्कार गरेको आरोप लगाइएको स्विडिस मिडियाले उल्लेख गरेका छन् । स्विडिस अभियोजकले एम्बाप्पेको नाम उल्लेख नगरी बलात्कारको उजुरी परेको र यो विषय छानबिन गर्न प्रहरीलाई जिम्मेवारी दिइएको बताएको रिपोर्टमा उल्लेख छ ।
फ्रान्सको राष्ट्रिय टिममा नपरेका एम्बाप्पे अन्तर्राष्ट्रिय ब्रेकमा निजी भ्रमणका क्रममा हालै स्विडेन पुगेका थिए । स्विडेनको मिडिया एक्सप्रेससेनले प्रमाणको रुपमा प्रहरीले कपडा बरामद गरेको र अहिलेसम्म औपचारिक रुपमा आरोप दर्ता भने नगरिएको उल्लेख छ ।
अर्कोतर्फ एम्बाप्पेले भने यस रिपोर्टलाई ुफेकन्यूजु भन्दै पिएसजीसँग आफ्नो विवाद बारे अदालतमा सुनुवाईको दिननै यस्तो समाचार आउनु अपेक्षा अनुसार नै भएको टिप्पणी गरेका छन् ।
समाचार एजेन्सी एएफपीले एम्बाप्पेविरुद्ध स्वीडेनमा कुनै कानुनी उजुरी दर्ता नभएको र स्विडिस मिडियामा चलाइएको यो खबरविरुद्ध कानुनी उपचारमा जाने एम्बाप्पेले बताएको उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण
पुष १३, २०८१ शनिबार
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार
पुष १३, २०८१ शनिबार
ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै
पुष १३, २०८१ शनिबार
१३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्पको पराकम्प
पुष १३, २०८१ शनिबार
कर्णाली नदीमा डोजर पल्टिँदा सहचालक बेपत्ता, चालकको उद्धार
पुष १३, २०८१ शनिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १३, २०८१ शनिबार