देशको विदेशी मुद्रा सञ्चिति २१ खर्ब ५२ अर्ब पुग्यो
नेपालबहस संवाददाता
असोज २९, २०८१ मंगलबार १८:५९:५९
२९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको विदेशी मुद्रा सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको जानकारी दिएको छ ।
मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्टका अनुसार गएको दुई महिनामा थप १ खर्ब ११ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति थपिए गत असारको तुलनामा यो ५.५ प्रतिशतले बढेको छ । गत असारसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रहेको थियो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ भदौ मसान्तमा ४.४ प्रतिशतले वृद्धि भई १९ खर्ब २८ अर्ब ९९ करोड पुगेको छ ।
आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले वस्तु आयात तर्फ १६.८ महिना र वस्तु तथा सेवा १३.७ महिनाको आयात धान्न पर्याप्त रहको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटहीदर
माघ १७, २०८१ बिहिबार
आज अमेरिकी डलरको भाउ स्थिर, कुनको मूल्य बढ्यो कुनको घट्यो ?
माघ १४, २०८१ सोमबार
जीरा मेथीको पानी नियमित पिउनुहोस, तौल घटाउनुहोस्
माघ १७, २०८१ बिहिबार
सभापति कपको उपाधिमा संकटा र आयोजक बागमती भिड्दै
माघ १७, २०८१ बिहिबार
पुर्वराजा ज्ञानेन्द्र आज भारत जाने
माघ १७, २०८१ बिहिबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटहीदर
माघ १७, २०८१ बिहिबार
आज तामाङ समुदायले मनाउने सोनामल्होसार, काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरिने
माघ १७, २०८१ बिहिबार
सोनामल्होसार जस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप बलियो बनाउँछः राष्ट्रपति
माघ १७, २०८१ बिहिबार